back
CTIZAN AD

गजल

वि.सं.२०७७ जेठ ३१ शनिवार

804 

shares

हारिसकेँ जिन्दगी नै जीतको आश छैन मलाई
उनको माया, प्रेम र प्रितको आश छैन मलाई

धन,धर्म र जात भात हेरि लाउँछन् मायाँ यहाँ
बकम्फुसे परम्परा रितको आश छैन मलाई

अप्ठ्यारोमा पाउनै मल्ने नत्र चिन्नै गाह्रो मान्ने
मितेरिको नाता भुल्ने मितको आश छैन मलाई

पराईकै काँधमा टेकी शिखर चढ्ने लक्ष्य राख्ने
आफ्नै हित हेर्नेसङ्ग हितको आश छैन मलाई

यो ‘कान्छा’ को रगत तात्छ बैगुनिलाई सम्झिएर
हिउँदको बर्षा, झरी शितको आश छैन मलाई

शंखरापूर नगरपालिका-४, फेदी,काठमाडौ

वि.सं.२०७७ जेठ ३१ शनिवार ०९:२१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...