
हारिसकेँ जिन्दगी नै जीतको आश छैन मलाई
उनको माया, प्रेम र प्रितको आश छैन मलाई
धन,धर्म र जात भात हेरि लाउँछन् मायाँ यहाँ
बकम्फुसे परम्परा रितको आश छैन मलाई
अप्ठ्यारोमा पाउनै मल्ने नत्र चिन्नै गाह्रो मान्ने
मितेरिको नाता भुल्ने मितको आश छैन मलाई
पराईकै काँधमा टेकी शिखर चढ्ने लक्ष्य राख्ने
आफ्नै हित हेर्नेसङ्ग हितको आश छैन मलाई
यो ‘कान्छा’ को रगत तात्छ बैगुनिलाई सम्झिएर
हिउँदको बर्षा, झरी शितको आश छैन मलाई
शंखरापूर नगरपालिका-४, फेदी,काठमाडौ