back
CTIZAN AD

कविताः वितृष्णा

वि.सं.२०७७ जेठ ३१ शनिवार

816 

shares

हराउदैनन् र मेटिदैनन
स्मृतिपटमा कोरिएका
जीवनकथा भित्रका
अनगिन्ती कथा
पटकथाहरु
जीवन्त हुँदा रहेछ्न
सम्झनाका ज्वारहरु
तर
वर्षातको पानीका
मसिना थोपाहरु जस्तै
धर्तीमा विलीन
हुँदै गरेको
जीवनको जोड
घटाउ
कहिलै मिलेन
तर पनि जीवन
चल्नु थियो
चलिरह्यो

सुन्यतामा कोरिएका
रेखा हरुमा
केही कहानी
बिस्मृत हुँदै गए
केही थपिए
थोरै सुखद पलको
अभिलाषामा
अपरिमित दुःख
समयको चक्रमा
भाग्यरेखा बन्न पुग्यो

झुठो आत्मियताको
अँगालोमा बेरेर
पिठ्युँमा छुरी
रोपेको कारुणिक
कथाको व्यथा
अलेखनिय
अबर्णनिय
असैह्य थियो

यत्रतत्र छरिएका दृश्य
परिदृश्यहरु
तिनै प्रतिविम्बहरु
नाचिरहन्छन
झझल्कोमा
समयले दिएको चोट
घरीघरी उप्किरहन्छ
बल्झिरहन्छ

उही दिन उहीँ रात
तिनै महीना
वर्ष ऋतु
दोहोरिन्छन्
दोहोरिरहन्छन्
छातीमा धुजा धुजा
बनेर बसेका अनेकौँ
बेरुजु खाताहरु छन्
जस्को मिलान सायद
अब कहिल्यै हुने छैन

कहिले कहिँ
प्रवाहित गर्न मन लाग्छ
भग्नावशेष जिन्दगीलाई
रोशीको प्रवाहमा
जलाउन मन लाग्छ
स्मृतिका सजीव पानाहरु
ती विकलाङ्ग सपनाहरु
रोशीको किनारमा

बाहिरी घाउ त
समय संगै निको होला
मुटुको व्यथा
निको पार्ने मलम त
केवल केवल
चिताको खरानी हुँदो हो
सायद समयले
दिएको हिसाब किताबको
मिलान पनि ।।

वि.सं.२०७७ जेठ ३१ शनिवार ०९:२२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...