back
CTIZAN AD

प्रदर्शन स्थगन गर्न साझा पार्टीको आग्रह

वि.सं.२०७७ जेठ ३१ शनिवार

717 

shares

३१ जेठ, काठमाडौँ । साझा पार्टी Sajha Party ले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ ।

सो पार्टीले विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पिसीआर परीक्षणको दायरा थप बढाउन सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई शङ्काको सुविधासहित स्वागत गरेको जनाएको हो । उपप्रधानन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकको निर्णयबाट उक्त प्रतिबद्धता सार्वजनिक भएको थियो ।

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा सरकारको सार्वजनिक प्रतिबद्धता र कोरोनाको बढ्दो सङ्क्रमणको पृष्ठभूमिमा हाल जारी प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचाअनुरूपका काम गरे/नगरेको मूल्याङ्कन गर्न आम नागरिकलाई अपिल गरिएको छ ।

आज प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन हुने कार्यसूची भएकाले सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संशोधन गर्ने संसद्को ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसद्भित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एकढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगत्मा प्रवाह गर्न पनि हार्दिक आह्वान गरिएको छ ।

यस्तो छ विज्ञप्ती :

प्रेस विज्ञप्ति

सरकारको प्रतिबद्धताको स्वागत, प्रदर्शन स्थगन गर्न आग्रह

पछिल्ला केही दिनयता देशका विभिन्न भागमा जारी प्रदर्शनलाई सम्बाेधन गर्दै सरकारले हिजो शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा साझा पार्टीको ध्यानाकर्षण भएको छ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक गर्ने, महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने, पिसिआर टेस्टको दायरा थप बढाउने भनी सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई साझा पार्टी शंकाको सुविधासहित स्वागत गर्दछ।

साझा पार्टीले प्रेस विज्ञप्तिमार्फत नागरिक प्रदर्शनमा उठेका जायज मागहरू पुरा गर्ने प्रतिबद्धता तत्काल जनाउँदै संक्रमण फैलने जोखिमका कारण प्रदर्शन स्थगनको अपील गर्न सरकारसँग आह्वान गरेको थियो। सरकारले त्यसै गरेको छ। तर विगतमा कयौँ पटक गरेजस्तै आफ्ना प्रतिवद्धता भुलेर नागरिकको विश्वासमाथि फेरी पनि धोका दिने काम भए प्रदर्शन अझ सशक्त भएर जान सक्ने र त्यसकाे नतिजा गम्भीर हुनसक्नेमा पनि साझा पार्टी सरकारलाई सचेत गराउन चाहन्छ।

सरकारको सार्वजनिक प्रतिबद्धता र काेराेनाको बढ्दाे संक्रमणकाे पृष्ठभूमीमा हाल जारी प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचा अनुरूपका काम गरे नगरेको मूल्यांकन गर्न हामी आम नागरिकलाई अपील गर्दछौँ।

त्यस्तै आज प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन गरिँदै छ।

साझा पार्टी सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संसाेधन गर्ने संसदकाे ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसदभित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न हार्दिक आह्वान गर्दछ।

शरदराज पाठक

Sharad Raj Pathak
सहप्रवक्ता, साझा पार्टी
मिति: ३१ जेठ २०७७

वि.सं.२०७७ जेठ ३१ शनिवार ११:०५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...