back
CTIZAN AD

बन्दाबन्दीका कारण पशुपति क्षेत्रको आम्दानी घट्यो

वि.सं.२०७७ जेठ ३१ शनिवार

687 

shares

३१ जेठ । बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा रु १० करोड घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको आयमा भेटी आम्दानीबाट रु एक करोड ५७ लाख आठ हजार ७३०, विशेष पूजाबाट रु दुई करोड २५ लाख ७९ हजार ५०० बन्दाबन्दीकै कारण दाखिल हुन नसकेको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

चन्दाबाट रु दुई लाख ७२ हजार ९१७, पार्किङबाट रु दुई लाख ९९ हजार ९३५, गुठी जग्गाबाट हुने आम्दानीमा रु एक करोड ३२ लाख ९५ हजार ८६८, पर्यटक प्रवेश शुल्कबाट रु एक करोड दुई लाख ८२ हजार, क्रियापुत्री सेवाबाट रु १२ लाख ७५ हजार ४६१, तिलगङ्गा धर्मशालाबाट रु चार लाख ३९ हजार २३४, विद्युतीय शवदाहगृह सञ्चालनबाट रु १० लाख ८६ हजार ७५० कोषलाई घाटा लागेको उनले बताए ।

अन्य शीर्षकमा समेत गरी अनुमानित रु १० करोड छ लाख ७२ हजार ६३९ घाटा भएको कोषले जनाएको छ । चैत लागेदेखि नै पशुपति क्षेत्रमा सीमित भक्तजनलाई मात्र प्रवेश गराइएको थियो । चैत ११ देखि जारी बन्दाबन्दीका क्रममा मूल मन्दिरलगायत पशुपति क्षेत्रमा भक्तजन आवतजावत पूर्णरूपमा बन्द गरिएको छ ।

घाट, क्रियापुत्री, विद्युतीय शवदाह गृहलगायत अत्यावश्यक सेवा भने दूरी कायम गरेर सञ्चालनमा छ । मूल मन्दिरलगायत अन्य मन्दिरमा हुने नित्यपूजा भने जारी छ । कारोनाको सङ्क्रमणबाट उपत्यकामा निधन भएकाको शवदाह विद्युतीय गृहमा गर्दा कम्तीमा ३६ घण्टासम्म निर्मलीकरणका लागि बन्द हुने गरेको छ ।(रासस)

वि.सं.२०७७ जेठ ३१ शनिवार १०:५६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...