back
CTIZAN AD

पर्वतको दुर्लुङमा भिषण वर्षा, दुईजनाको मृत्यु, सातको खोजी जारी

वि.सं.२०७७ जेठ ३१ शनिवार

831 

shares

३१ जेठ, काठमाडौँ । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भिषण पानीसँगै आएको पहिरोका कारण दुईटा घर बगाएको, २ जनाको शव प्राप्त भएको र ७ जनाको खोजी कार्य जारी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

कुश्मा नगरपालिका ३ का वडाअध्यक्ष तेजप्रसाद पाध्याले दुईवटा घरहरु पूर्ण रुपमा बगेको, दुई घरभित्र रहेका ९ जनामध्ये तुलबहादुर थापाको श्रीमती र नातीनीको गरी दुईजनाको शव प्राप्त भएको र अन्य सात जनाको खोजी कार्य जारी रहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले अन्दाजी साँझको ९.०० बजे पहिरोले घर बगाएको र घरमा रहेका व्यक्तिहरु पुरिएको खबर प्राप्त हुँदासाथ घटनास्थल तर्फ आउँदा पहिरोका कारण ढिला भएकाले थप विवरण आइनसकेको बताएका छन् ।

अझै पनि पानी निरन्तर परिहेको र पहिरो चालु रहेकोले उद्धारकार्यमा जटिलता आएको बताइएको छ ।

वि.सं.२०७७ जेठ ३१ शनिवार २२:१७ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...