
अब राष्ट्रियता बिरुद्ध मोर्चा खोल्न नपाओस्,
कोई अखण्ड देशको बिरुद्ध बोल्न नपाओस् ।
हिमाल पहाड र तराई कोई छैनन् यहाँ पराई,
बिदेशी को बिष लाई कसैले डोल्न नपाओस् ।
अन्याय अत्याचारको बिरोधमा बोल्न पाउँछ,
तर कु नियतले देश को ध्वज पोल्न नपाओस् ।
यो सयौँ जात भाषाको अखण्ड देश भित्र मा,
अंग्रेजले एम सी सी को बिष घोल्न नपाओस् ।
जनता अनि नेता नङ र मासु जस्तै बने पछि,
बिदेशी शक्ति हामिलाई कत्ति तोल्न नपाओस् ।
रोजगारको ब्यबस्था गर अब सरकार देश मा,
खान लाउनलाई रगतले माटो मोल्न नपाओस् ।