back
CTIZAN AD

अराजक, अनुशासनहिनता, दरीद्र चिन्तन र उच्छ्र्रिङखलहरुको नेतृत्वमा समस्याको समाधान हुन सक्दैन

वि.सं.२०७७ जेठ ३२ आइतवार

849 

shares

वर्तमान सरकारकै अगुवाईमा आज देशको भूमि नक्शामा पार्दै नेपालको भएको हो भन्ने प्रमाण संसदबाट अत्यधिक बहुमतले पारीत गरेको छ । सरकारले आज सबैलाई साथमा लिन सफल भएको छ । आगामी दिनमा पनि सबै एकभएर अगाडि बढनु पर्नेको बिकल्प पनि छैन । एकले अर्कातर्फ औँला उठाउनु भन्दा पनि सहि र गलतको यथार्थमा अगाडि बढनु पर्ने अति आवश्यक देखीन्छ । यस कोरोनाको माहामारीबाट देश र जनतालाई पार लगाउन देशी बिदेशी शक्तिहरुबाट देशलाई बचाउ । सरकार परिचालन र संघर्ष गर्दे गरौँला यसैमा नै सबैको भलो छ ।

यतिबेला विश्वमा फैलिरहेको महामारी रोग कोरोना कोभिड–१९ बाट आक्रान्त छ । देशको अर्थतन्त्र व्यापार बिजनेश चौपट छ । गाँस, बाँस र कपासको समस्याले गरीब दुःखी निमुखाहरु त्राहित्राहि बन्नु परीरहेको छ । गाउँ, बजार, समाज मन्द छ । अर्थतन्त्रको चलायमन ठप्प छ । प्रवास, मुग्लान पुगेका लाखौँ आफ्ना सन्तानहरुका कारण यसबेला पिर चिन्तामा छन् । बिदेशी भूमिमा लाखौ लाख प्रवासीहरु अलपत्र छाडेर यस्तो बिषम परिस्थितिमा आज केही तत्वहरु नेपाल देशको सडकहरुमा ताण्डब नाँच नाँच्न पुगिरहेका छन् । सङ्कटको यसबेला ती अराजकहरुको भिड देशमा कोरोनाको महामारीलाई समुदाय बिचमा फैलाउन तल्लीन छन् । कस्तो बिडम्बना ! नेपालको आन्तरीक मामलामा देशी बिदेशी शक्तिहरुको चलखेल आज प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्नता छ भन्नेकुरा आज छर्लङ्ग देख्न सकिन्छ । जो बिदेशी खुफिया एजेन्सीहरु नेपाली नागरिकलाई दाना पानी र तलब भत्ता खुवाएर केही पत्रकारीताको नाउँमा पालेका छन् त केही सामाजिक अभियान्तको नाउँमा त केहि राजनिती र केही बौद्धिक जमातको रुपमा उनीहरु परिचालित छन् । उनीहरु देशको आन्तरिक राजनीति सामाजिक, साँस्कृतिक तथा आर्थिक रुपमा घेर्ने प्रयास गरेका हरेक घटनाक्रमले देखाईरहेकै छन् । यसबेला सिङ्गो देशलाई कोरोनाको बिरुद्ध एकताबद्ध बनाएर अगाडि बढनु र बढाउनु साटो उल्टो अराजक बनेर देश र जनतालाई कोरोनामय बनाउन खोजिरहेका छन् ।

आज सरकारले देशको राष्ट्रियताको बिषयमा एकता बनेर अगाडि बढीरहेको यस घडीमा ती गलत तत्वहरु सरकारका असल कार्यबाट छट्पटाउन पुगेका छन् । उनीहरुलाई निन्द्रा लागिरहेको छैन । ती गलत तत्वहरु, हिजो देशमा भ्रष्टाचार गरेर रमाएकाहरु, देशलाई कसैको काखमा सुम्पन्न पुगेका दलालहरु, मानव समाजको उद्धार र सहयोगको नाउँबाट अभियान्ता बनेकाहरु, अँधेरीको जुनकीरीलाई साहारा बनाएर अपराधिक खेल खेल्न सिकेकाहरु, सुर्यको बिहानीको उदयसँगै हँसिलो चेहेरा लिएर साधुबाद बन्दै गाउँ बेशि घुम्ने गर्दछन् । ती अभियान्ताहरु गरीबको मानो लुटेर अरु प्रति जालसाजि गरेर सर्वहाराको मन्थन गर्ने गर्दछन । आफै अनेकौ अपराधिक क्रियाकलापमा संलग्न रहेर अँधेरी रातमा बच्न र बचाउने कार्यमा हातमा टोपी लिएर दौडनेहरु नै समाजका अगाडि न्याधीश बनेश खडा हुने गर्दछन् । ती अपराधिक मनुवाहरुलाई समाजले गल्ती हो भनेर प्रमाणित गरिसके पछि पनि बचाउने र जोगाइ दिने खेलमा आफू साहासी बौद्धिक यात्री बनेका धमिराहरु नै पछि आफू कुनै जानकार नभएको व्याख्या गर्न पनि पछि पर्दैनन् ।

समाजलाई अन्धकार तर्फ धकेल्न पल्केकाहरु देश र जनतालाई बन्धक बनाएर दुई छाक टार्ने पल्केकाहरु नै आज पनि समाजलाई आफ्नो स्वार्थ अनुकुल परिचालित गर्न गराउन न्वारन देखीकै बल प्रयोग गर्ने पुगेका छन् । ती त्यस प्रकारका चिन्तनका मानिसहरुलाई समाजले बेला बखत झापट दिइसक्दा पनि चेपारे छेपारे बनेर आफू सहि र अरु खराब भएको भनेर समाजका अगाडि व्याख्या गर्न पछि पर्देनन् । समाजका अगाडि गिरीसकेका पात्रहरु नै आफै महान दाशर्निक साहासी योद्धा भएको ग्रन्थ सुनाउन पुग्दछन् । ती त्यस्तै दरीद्र चिन्तन बोकेका मनुवाहरु कहिले पार्टीको व्यानरमा लिडर बनेर देखिन्छन् त कहिले सामाजिक अभियान्त बनेर, कहिले स्वतन्त्र बनेर आफ्नो स्वार्थ अनुकुल कहिले पार्टी छाड्दछन त कहिले पार्टी सार्टी केही हैन भन्दै समुदायलाई भ्रम छर्न पनि पछि पर्देनन । जबसम्म हरेक व्यक्तिले समाजले त्यस प्रकारका मनुवाहरुलाई चिन्न सक्दैनौ तबसम्म ती तत्वहरु विभिन्न षड्यन्त्र गर्ने गराउने खेलमा लागि रहन्छन । जनताले दिएको जिम्मेदारीलाई अनुशासित, ईमान्दारीता र नैतिकताको साथ आफूलाई स्थापित गर्दैनौँ तबसम्म समाजमा यस प्ररकारका गलत तत्वले समाजलाई गुमराहमा पार्ने काममा सक्रिय बनिरहन्छन नै ।

सरकारको बिरोध गर्ने अनेकौ उपाय र बिकल्पहरु छन् र भ्रष्टाचारको हिसाब किताब खोज्ने सम्बन्धित निकाय छन् । सबै राजनितीक पार्टीका निर्बाचित सयौ प्रतिनिधिहरु छन् । उनीहरुमार्फत पनि समस्याको उठान र समाधान तर्फे केन्द्रीत गर्न गराउन सकिन्छ । सरकार फेर्ने समय पनि जनतामा निहित छ, जो समयमा आईहाल्छ । त्यसबेला निर्णय गर्ने अधिकार जनतामा सुरक्षित रहेको सबैलाई जानकारी छ । वर्तमानको यस सरकारले एउटा देशको निर्भरताबाट बहुदेशीय तर्फ केन्द्रीत गर्न सफल भएको छ र बिदेशीहरु कै शरणमा हैन आफैमा आत्मनिर्भर गर्ने गराउन केन्द्रीत छ । देशको प्रतिरोधात्मक क्षमता विश्वको सामु बढाउन सफल भएको छ । यस अर्थमा यसबेला देशभित्रका आफ्ना समस्याहरु आफै भित्रबाट समाधान तर्फे केन्द्रीत हुँदै स्थानीय, प्रदेश, पक्ष प्रतिपक्ष आम जनसमुदाय गम्भीर बनेर अगाडि बढनु पर्ने समयको माग बनिरहेको छ ।

वर्तमान सरकारकै अगुवाईमा आज देशको भूमि नक्शामा पार्दै नेपालको भएको हो भन्ने प्रमाण संसदबाट अत्यधिक बहुमतले पारीत गरेको छ । सरकारले आज सबैलाई साथमा लिन सफल भएको छ । आगामी दिनमा पनि सबै एकभएर अगाडि बढनु पर्नेको बिकल्प पनि छैन । एकले अर्कातर्फ औँला उठाउनु भन्दा पनि सहि र गलतको यथार्थमा अगाडि बढनु पर्ने अति आवश्यक देखीन्छ । यस कोरोनाको माहामारीबाट देश र जनतालाई पार लगाउन देशी बिदेशी शक्तिहरुबाट देशलाई बचाउ । सरकार परिचालन र संघर्ष गर्दे गरौँला यसैमा नै सबैको भलो छ ।
चेतना भया !

दुर्गादत्त पौडेल, सचिव प्रवासी नेपाली संघ भारत । तमिलनाडु पुदुचेरी संयुक्त राज्य समिति ।

वि.सं.२०७७ जेठ ३२ आइतवार २०:५० मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...