back
CTIZAN AD

बंगलादेशमा अलपत्र परेका २५८ नेपाली लिएर आयो नेपाल एयरलाईन्सको जहाज

वि.सं.२०७७ जेठ ३२ आइतवार

951 

shares

३२ जेठ, काठमाण्डौं । विश्वव्यापी कोरोना संक्रमणको महामारी र त्यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बंगलादेशमा अलपत्र परेका २५८ नेपाली आज घर फर्किन सफल भएका छन् ।

नेपाल एयरलाईन्सको वाइड बडी ‘ए’ ३३० ज जहाजको चार्टड उडानबाट उनीहरु आज नेपाल फर्किएका हुन् ।

विश्वव्यापी विद्यार्थी संगठन (WNSO) बंगलादेशका सल्लाहकार डाक्टर राकेश साहका अनुसार नेपाल फर्किनेमा २३६ जना बंगलादेशका विभिन्न युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरु रहेका छन् भने अन्यमा विभिन्न संघ संस्थाबाट विशेष कामका लागि वंगलादेश पुगरे त्यहि रोकिएकाहरु रहेका छन् ।

उनीहरुको नेपाल आउनु भन्दा पहिले कोरोना संक्रमण भए\ नभएको जाँचका लागि पिसीआर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनीहरुमध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरु देश फर्कन नपाएको एक विद्यार्थीले संसारन्युजलाई जानकारी दिएका छन् ।

आइतबार बेलुका ७ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका उनीहरुलाई उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा राखिने बताइएको छ ।

आज २५८ जना नेपाल ल्याइएसँगै बाँकी रहेका र नेपाल आउन चाहेका झण्डै ६ सय बढी विद्यार्थी लगायतलाई जुन १७, २० र २१ तारिखमा हिमालयन एयर र नेपाल एयरलाइन्सको चार्टड उडानमार्फत नेपाल ल्याइने छ ।

वोन्सो बंगलादेशले विद्यार्थीहरुको उद्धारमा नेपाली दूतावास बंगलादेशका राजदूत डा. वंशीधर मिश्रले ठूलो सहयोग गरेको भन्दै धन्यवाद दिएको छ ।

स्मरणरहोस्, कोरोनाका कारण प्रभावित बनेका विद्यार्थीहरुलाई देश फर्काउनका लागि वोन्सो वंगलादेशले उल्लेख्य भूमिका खेलेको थियो ।

बंगलादेशमा कोरोनाको कहरः नेपाली विद्यार्थी भन्छन्–’सरकार हामी घर फर्कन चाहान्छौं’

वि.सं.२०७७ जेठ ३२ आइतवार २१:३५ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...