back
CTIZAN AD

‘कोरोना परीक्षण गरेर आउनु’ भन्ने सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७७ जेठ ३२ आइतवार

822 

shares

३२ जेठ, काठमाण्डौं । एक जिल्लाबाट अर्को जिल्लामा जाँदा कोभिड १९ परीक्षण गराएर आउनु भन्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा लकडाउन खुकुलो भएसँगै मानिसहरुको आवत जावत बढ्ने क्रम रहेको र एक जिल्लाबाट अर्को जिल्लामा जाने क्रममा विभिन्न निकाय तथा व्यक्तिहरुको कोभिडको परीक्षण गराएर मात्र आउनुपर्ने भन्ने बाध्यात्मक अवस्था सिर्जना गरेको भन्ने सुनिएको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्रालयले बाहिर गएर आउँदैमा परीक्षण गरेर आउनुपर्छ भन्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिकामा व्यवस्था नभएकोले निर्देशिकामा उल्लेख भएको व्यवस्था बाहेक यस किसीमका कोही कसैको पनि परीक्षण नगर्न\नगराउन सम्बन्धीत सबै स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था प्रयोगशाला र सरोकारवाला निकायहरुमा अनुरोध गरेको छ ।

मन्त्रालयले सम्बन्धीत स्थानीय निकायहरु तथा घरबेटीहरुलाई अनुरोध गर्दै भनेको छ, ‘कोभिड १९ परीक्षण गर्ने सरकारको मापदण्ड छ जहिले पायो तहिले जस्लाई पायो त्यसलाई परीक्षण गर्दा श्रोत साधनको दुरुपयोग हुने र प्राविधिक पक्षबाट जुन समयमा भाइरस पहिचान हुन सक्छ । त्यो समय पारेर मात्र परीक्षण गर्नुपर्ने हुन्छ ।’ मन्त्रालयले भनेको छ ।

मन्त्रालयले यस्तो अवस्थामा अत्यावस्यक नभई यात्रा नर्गन र घर बाहिर नजान अनुरोध गर्दै जानै पर्ने भए स्वास्थ्य मन्त्रालयले भने अनुसार व्यक्तिगत सुरक्षाका उपाय र सावधानी अपनाउन अनुरोध समेत गरेको छ । मन्त्रालयले यसरी यात्रा गरेर आएका व्यक्तिहरु छुट्टै क्वारेन्टिनमा वा आइसोलेसनमा बस्नु एकमात्र प्रभावकारी उपाय रहने र त्यसवीचमा स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहन पनि अनुरोध गरेको छ ।

वि.सं.२०७७ जेठ ३२ आइतवार २०:२५ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...