back
CTIZAN AD

कविताः कमरेडको झण्डा !

वि.सं.२०७७ असार ९ मंगलवार

867 

shares

अँध्यारो कोठामा
देखेपछि कमरेडको चर्तिकला
कमरेडले बोकेको झण्डाबाट
हँसिया फुत्त झर्यो र भन्यो-
‘भो मलाई अपराधको साँक्षी बस्नु छैन !’

उज्यालो वैठक कक्षमा
कमरेड मस्किएको देखेपछि
देशको सबैभन्दा भ्रष्ट अरवपतीसँग
कमरेडले बोकेको झण्डाबाट
फुत्त हथौडा झर्यो र भन्यो-
‘भो मलाई पूँजीपतिको गोठालो बस्नु छैन !’

कमरेडको बाकसमा देखेपछि
सरकारी जमीनको लालपूर्जा
कमरेडले बोकेको झण्डाबाट
फुत्त रातो रङ्ग झर्यो र भन्यो-
‘लाल पूर्जा भए पुग्ने रैछ
अव किन चाहियो र म ?’

हँसिया हथौडा र रातो रङ्ग
क्रमशः भागेपछि झण्डाबाट
एक दिनको कुरा हो
कमरेडको हातबाट
फुत्त झर्यो झण्डा
र कमरेडको हात रित्तै भयो !

त्यसपछि कमरेडसँग
अचेल कुनै झण्डा छैन
झण्डा विनाका कमरेड
क्या साह्रो झल्ला देखिएका, हैट !

वि.सं.२०७७ असार ९ मंगलवार १२:२६ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...