१३ असार, काठमाण्डौं । नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
फोक्सोमा क्यान्सर रहेका उनी भारतमा उपचार गराउँदै आएको र थप समस्या आएपछि उपचारका लागि चितवन लगिएको थियो । असार ११ गते उनको श्वाव संकलन गरेर गरिएको कोरोना भाइरस परीक्षणको नतिजा पोजेटिभ आएको थियो ।
कोरोना संक्रमण भएको पुष्टि भएसँगै उनलाई भरतपुरको कोरोना अस्पतालको आइसोलेसनमा सारेर उपचार गरिएको थियो । उपचारकै क्रममा आज (असार १३ गते शनिबार) बिहान साढे ६ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
उनको शब नेपाली सेनाको सहयोगमा व्यवस्थापन भएको जानकारी समेत मन्त्रालयले दिएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो