१४ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सचिवालयलाई पूर्णता दिएको छ ।
आइतबार बसेको सचिवालय बैठकले नवलपुरका निलकण्ठ काफ्ले, झापाका भक्तिप्रसाद सिटौला, काठमाडौंका भरत रायमाझी, काठमाडौंका इन्द्र चित्रकार, मकवानपुरका राजाराम बर्तौला, भोजपुरका बाबुराम बस्नेत, चितवनका रामशरण पाठक, नुवाकोटका भरतप्रसाद पाठक, ललितपुरकी मीना शाहीलाई नियुक्त गरेको हो ।
पार्टी विधानअनुसार तीन अध्यक्षको सहमतिमा सचिवालय बैठकले नौ जनालाई मनोनित गरेका हुन्।
वि.सं.२०७७ असार १४ आइतवार १९:१० मा प्रकाशित






























