back
CTIZAN AD

यी हुन् ओलीविरुद्व एकजुट भएका नेकपाका ३० स्थायी समिति सदस्य (सूचीसहित)

वि.सं.२०७७ असार १८ बिहीवार

903 

shares

काठमाडौं । सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपि शर्मा ओलीविरुद्व दुई तिहाई सदस्य एकजुट भएका छन् । ललितपुरको झम्सीखेलस्थीत एक रेष्टुरेण्टमा बुधबार साँझ भएको भेलासँगै स्थायी समितिका ३० सदस्य ओलीविरुद्व एकजुट भएका हुन् ।

३० स्थायी समितिको भेलाले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओलीसँग दुवै पदबाट राजीनामा माग्ने निर्णय पनि गरेको छ । भेलामा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, नेताहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’सहित ३० स्थायी समिति सदस्यको सहभागिता थियो । नेकपामा स्थायी समितिको संख्या ४५ रहेको छ ।

भेलामा सहभागि एक नेताका अनुसार भेलामा पर्यटनमन्त्री योगेश भट्टराई बाहेकका सरकारमा सहभागी प्रचण्ड र नेपाल निकटका सबै मन्त्रीहरु सहभागि भएका थिए । उनका अनुसार मन्त्री भट्टराई आकस्मिक अन्य कार्यक्रमका कारण सहभागि भएनन् ।

यी हुन् भेलामा सहभागी स्थायी समिति ३० सदस्यहरु

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल ।

वि.सं.२०७७ असार १८ बिहीवार १०:१२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...