back
CTIZAN AD

अभिनेता सुशान्तकी हिरोइनले सधैका लागि मुम्बई छोड्ने संकेत गर्दै यस्तो लेखिन्

वि.सं.२०७७ असार १८ बिहीवार

702 

shares

 

वलिउड नायक सुशान्त सिंहले आत्महत्या गरेपछि उनीसँगै ‘दिल बेचारा’ फिल्ममा खेलेकी कलाकार संजना अधिकारी बुधबार मुम्बई छोडेर दिल्ली फर्किएकी छन् ।

साथै उनले यो पनि संकेत गरेकी छन् कि, उनी अब मुम्बई फर्किने छैनन् । उनले बुधबार दिल्लीका लागि प्लेन चढ्न भन्दा पहिले यो कुराको संकेत गरेकी हुन् ।

दिल्ली उड्न लागेकी उनले मुम्बई इन्टरनेशनल एयरपोर्ट टर्मिनल २ बाट सामाजिक संजालमा लेखेकी छन्, ‘मुम्बईको बारेमा मैले जे सुनेकी थिए, त्यस्तो रहेनछ ।’
संजनाले बुधबार आफ्नो इन्स्ट्राग्राममा स्टोरी लेख्दै भनेकी छन् ‘अलविदा मुम्बई, ४ महिनापछि तिम्रो दर्शन भयो । म दिल्ली फर्किन लागे । तिम्रो सडक अर्कै लाग्यो । सुनसान थियो । सायद मेरो मनमा जुन दुःख छ त्यसका कारण पनि हेर्ने नजर परिवर्तन भएको छ । शायद तिमी पनि यतिबेला दुःखमा छौं । मिल्ने छौं छिट्टै, सायद नमिल्न पनि सक्छौं ।’ उनको यो स्टाटसले छिट्टै मुम्बई फर्किन पनि सक्ने र कहिल्यै नफर्किने भन्ने कुरा जनाउँछ ।

अभिनेता सिंहको आत्महत्या बारे प्रहरीले हालसम्म ३० जनासँग सोधपुछ गरिसकेको छ । तर अहिलेसम्म त्यस्तो कुनै ठोस कुरा बाहिर आएको छैन । प्रहरीले मंगलबार ७ घण्टासम्म संजनासँग पनि सोधपुछ गरेको थियो ।

२०१८ मा चलेको ‘मी टू अभियान’ का बेला संजनाले सुशान्त सिंहमाथि आफूलाई जिस्क्याएको आरोप लगाएकी थिइन् भने सुसान्तले यस कुरालाई इन्कार गरेका थिए । पछि संजनाले सुशान्तमाथि लगाएको आरोप गलत बताएकी थिइन् । यहि विषयलाई मध्येनजर गर्दै प्रहरीले उनीसँग सोधपुछ गरिएको बताईको छ ।

यसैबीच संजनाले आफू र सुशान्त अभिनित फिल्म ‘दिल बेचारा’ लाई डिजिटलमार्फत् रिलिज गर्ने विषयमा यसको विरोध नगर्न अपिल गरेकी छन् । उनले इन्स्टाग्राममा म्यासेज गर्दै यस्तो अपिल गरेकी हुन् । उनले भनेकी छन् ‘सुशान्तलाई एकपटक फेरि स्क्रीनमा देख्ने चाहनाले मेरो मन छोएको छ । फिल्मका पूरै टिमले साढे २ वर्ष यसका लागि खुब पसिना बगाएका छन् । मलाई आसा छ कि, तपाईहरुलाई फिल्म मन पर्नेछ ।’

 

वि.सं.२०७७ असार १८ बिहीवार १४:३३ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...