back
CTIZAN AD

दुर्घटनामा परेका एक युवामा जब कोरोना पोजेटिभ देखियो, तब उपचार फेरियो र अन्ततः ज्यान नै गुमाए

वि.सं.२०७७ असार १८ बिहीवार

726 

shares

१८ असार, श्रीनगर । भारत अधिनस्थ क्षेत्र जम्मु काश्मिरको सोपीयाका अवरार रेयाज सोफी, २४ वर्षीय एक युवकको उपचारमा भएको लापरवाहीका कारण ज्यान गएको छ ।

ती युवक सेन्ट्रल युनिभर्सिटी अफ काश्मिरमा बीए. एलएलबी अध्ययन गरिरहेका थिए । उनीे आठौँ सेमेष्टरका विद्यार्थी थिए । २७ जुनमा कारमा आफ्नो बाबा तथा अंकलको साथ एसके इन्ष्टिच्युट अफ मिडिया साइन्सेज गएका थिए । त्यहाँबाट फर्कने क्रममा उनीहरुको कारलाई एक ट्रकले ठक्कर दिँदा उनका अंकलको अस्पताल नपु¥याउँदै मृत्यु भयो, उनका पिताको शरीरमा विभिन्न ठाउँमा चोट पुग्दा बेहोस भए भने अबरार पनि सक्त घाइते भए । उनको अवस्था यति जटिल थियो की उनलाई सिधै श्रीनगरको एक अस्पतालको भेन्टिलेटरमा सिफ्ट गरियो ।

अबरारको जब सिटी स्क्यान भयो, तब उनलाई बान्ता हुन सुरु गर्यो । यसकारण उनको स्वास नलीमा खाना पुग्यो । त्यसपछि उनलाई आईसीयुमा पठाइएको उनका एक परिचित शिक्षकले बताए । अबरार आफ्नो विद्यार्थी भएको र उनको दुर्घटना भएको आफूले फेसबुकबाट थाहा पाएको उनले बताए । अस्पतालमा डाक्टरले अबरारको अवस्था अत्यन्त खराब रहेको बताए ।

उनको ब्रेनमा ठूलो चोट आएको थियो । उनको गम्भिर अवस्था रहेपनि यद्यपी उनको शरीरमा सुधार आएको सुधार नै एउटा आशा थियो । सोमबार उनको कोरोना भाइरसको सेम्पल लिइयो । जब दिउँसो फोनबाट उनमा कोरोना भाइरस पोजेटिभ भएको खबर आयो । तर रिपोर्ट या आधिकारीक खबर भने आएको थियो ।

रिपोर्टले बदल्दियो उनको उपचारको प्राथमिकता
कोरोना पोजेटिभको रिपोर्ट आएलगत्तै अस्पतालले उनको उपचारलाई प्राथमिकतामा राखेन । डाक्टरका टिम जो यसअघि उनलाई ठिक गर्न कोशिसमा थिए, उनीहरुले नै अबरारलाई कुनै कोभिड अस्पतालमा पठाउने तयारीमा लागे । सोमबार साँझ अबरारको थप एक सिटी स्कयान गर्नु पर्ने थियो तर कोरोनो पोजेटिभ आएपछि स्क्यान गर्नुपर्ने कुराको वास्ता गरिएन । डाक्टरहरु उपचार गर्नु भन्दा पनि कुनै कोरोना अस्पतालमा छिटोभन्दा छिटो पठाउन चाहन्थे ।

परिवारले उपचारका लागि अनुरोध गर्दा पनि अस्पतालले उपचार गर्नुभन्दा अर्को चेस्ट डिजीज अस्पताल पठाउने तयारी गरियो । सो सरकारी अस्पतालमा खोकी, चिसो लागेकाहरुको मात्र उपचार हुन्छ, जहाँ क्रिटिकल केयर युनिट छैन । ट्रमा कयर त हुने नै भएन ।

आफूहरुले डाक्टरलाई एसके इन्टीच्यूट अफ मेडिकल साइन्समा पठाउन आग्रह गर्दा त्यहाँ भेन्टिलेटर नभएको भनियो । जबकी इन्स्टीच्यूटमा कोरोना भाइरसको उपचार न्यूरो सर्जरीको उपचार पनि राम्रो हुन्थ्यो । धेरै आग्रह पछि सो अस्पतालले रातमा त्यहि राखि बिहानै अन्त अस्पतालमा पठाउने बताए । तर राती आठ बजेतिरै उनलाई सिडी अस्पताल पठाउने पुरा तयारी गरियो ।

आश्चर्यको कुरा यो थियो की दुई अस्पतालबीच यसअघि कुनै कुराकानी भएकोथियो । रातको दश बजेसम्म अबरार कोरोना पोजेटिभ हुन् की होइनन् भन्ने कन्फर्म गरिएन । केही छिनपछि आएको फोनले उनी कोरोना भाइरस पोजेटिभ भएको खबर आएपछि मात्र उनलाई अस्पताल भर्ना गरियो ।

अस्पतालले कोरोना पोजेटिभ भने पनि परिवारलाई यसबारेमा कुनै जानकारी थिएन । उनीहरु पुनः कोरोना टेस्ट गर्न चाहन्थे । यसअघिको टेस्टको आधिकारीक रिपोर्ट न उनीहरुले पाएका थिएनन् । अस्पताल तथा प्राइभेट अस्पतालले पनि उनको पुनः कोरोना परीक्षण गर्न इन्कार गरेका थिए । सीडी अस्पतालमा कुनै न्युरो सर्जन थिएन । केही जुटिएर एनेस्थिसियोलजिस्ट मात्र थिए । यसैबीच अबरारको अक्सिजन लेबल कम भयो र उनको मृत्यु भयो । अस्पतालले ३ घण्टापछि लास परिवारलाई दियो, तर उनको मृत्यु कार्डिएक अट्याक भएको बताइयो । अबरारमा कोरोना पोजेटिभ थियो या थिएन भन्ने उनको परिवारलाई कुनै जानकारी पाएन । जुन तरिकाले उनको उपचार भयो त्यसप्रति उपचारका विषयमा सवाल उठाएको छ । परिवारले न्याय चाहेको छ । (एजेन्सी)

वि.सं.२०७७ असार १८ बिहीवार १४:४६ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...