१९ असार, काठमाडौँ । ब्राजिलमा कोरोना संक्रमितको संख्या १५ लाख नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या १५ लाख १ हजार ३ सय ५३ पुगेको छ ।
ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ हजार पुग्न लागेको छ । वल्डोमिटरका अनुसार ब्राजिलमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ६१ हजार ९ सय ९० रहेको छ ।
बिहिबार मात्रै ब्राजिलमा ४७ हजार ९ सय ८७ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार २ सय ७७ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असार १९ शुक्रवार ०७:३४ मा प्रकाशित






























