back
CTIZAN AD

गुल्मीको इश्मामा पहिरो खस्दा २ बेपत्ता, १ को उद्धार

वि.सं.२०७७ असार १९ शुक्रवार

789 

shares

१९ असार, काठमाण्डौं । गुल्मीको ईश्मा १ को नल्झीमा बिहिबार राति गएको पहिरोका कारण २ जना बेपत्ता भएका छन् भने १ को उद्धार गरिएको छ ।

मध्राति आएको वर्षासँगै गएको पहिरोले त्यहाँका १२ घर परिवार विस्थापित भएका छन् भने बाटोहरु अवरुद्ध भएका कारण उद्धारमा कठिनाई भइरहेको इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर विष्टले संसारन्युजलाई जानकारी दिएका छन् ।

विष्टका अनुसार विहिबार रातिदेखि आएको अविरल बर्षाका कारण राति २ बजेदेखि पहिरो जान सुरु भएको हो ।

‘वरिपरीबाट पहिरो गएकाले बाटो अवरुद्ध भएको छ । त्यहाँ जान सकिएको छैन हिलो माटो र लेदो बगिरहेको छ । प्रहरी र सेनाको टोली उद्धार कार्यका लागि गइरहेका छन्’ अध्यक्ष विष्टले भने, ‘यति जना परेका छन् भन्ने यकिन भन्न सकिएको छैन, एकजना ४१ वर्षीया महिलाको भने स्थानीयको सहयोगमा उद्धार भएको छ ।’

तल फाँटमा बस्ति रहेको र माथि भिरालो जमिन रहेकाले माथिबाट खसेको पहिरोले १२ घर बस्नै नमिल्ने गरी क्षति भएको बताइएको छ ।
फाँटमा रहेका होटल लगायतका घरहरु पुरिएको तथा खोलाले बगाएको छ । हाल नेपाली सेना र प्रहरीको टोली उद्धारका लागि खटिएका छन् ।

फाइल : फोटो

वि.सं.२०७७ असार १९ शुक्रवार ०७:३९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...