
१९ असार, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । बिहिबार अमेरीकामा ५७ हजार भन्दा बढि कोरोना नयाँ संक्रमितहरु भेटिएका छन जो अहिले सम्मकै सबै भन्दा धेरै हो ।
बिहिबार बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या २८ लाख ३७ हजार १ सय ८९ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३१ हजार ४ सय ८५ रहेको छ ।
बिहिबारमात्र अमेरीकामा ५७ हजार २ सय ३६ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६ सय ८७ जनाको मृत्यु भएको छ ।