back
CTIZAN AD

‘वेत्रावती’को बहुपक्षीय महत्वबारे अनुसन्धानात्मक कृति

वि.सं.२०७३ पुस १३ बुधवार

1.5K 

shares

15740867_1388006011230025_8963043136490361691_n

१३ पुस,काठमाडौँ । उत्तरगया भनेर चिनिने नेपालको रसुवा र नुवाकोट जिल्लामा पर्ने वेत्रावतीबारे लेखक सुवास आचार्य आगमनले ‘वेत्रावतीःपौराणिक श्राद्ध तीर्थस्थल’कृति प्रकाशनमा ल्याउनुभएको छ ।

सुतिरहेको गयासुर राक्षस उठेमा बित्याँस पार्ला भनी विष्णुले आफ्नो बायाँ पाउ हालको भारत बिहार, गयामा र दायाँ पाउ वेत्रावतीमा राखेको पौराणिक मान्यतानुसार दुवै क्षेत्र पितृमुक्तिका लागि प्रसिद्ध छ । समुद्रमन्थनबाट निस्केको कालकूट विष सेवन गरेपछि डाह भएका महादेव शीतलताको खोजीमा उत्तरपन्थमा लाग्दा वेतको लौरोले हालको वेत्रावतीमा रोपी निस्केको पानी पिएका थिए, त्यतिले पनि डाह अन्त्य नहुँदा उनी हालको गोसाइँकुण्डमा पुगेका थिए । वेत्रावतीमा पानी निस्केपछि देवीदेवताहरु आई स्नान, ध्यान र तर्पण गरेका थिए ।
पितृमुक्तिका लागि श्राद्ध गर्न दुवै गया प्रसिद्ध छन् । त्यस्तै नेपालका गोकर्णेश्वर, कागबेनी, चतरामा पनि श्राद्धको महत्व छ । भारतको गया भने विहारको राजधानी पटनाबाट करिब १०० किमि दक्षिण फाल्गु नदीको किनारमा पर्छ ।
शास्त्रहरुमा बाँचुन्जेल आमाबाको सेवा गर्ने, मृत्युपछि श्राद्ध गर्ने र गयामा गई पितृका नाममा पिण्डदान गरेपछि पुत्रको पुत्रत्व सार्थक हुने उल्लेख छ । उत्तरगयामा विशेषगरी भाद्रकृष्ण अमावस्या( कुशेऔँसी) र पौषकृष्ण अमावस्या(पौषेऔँसी)मा श्राद्ध गर्नेको भिड हुन्छ ।
स्कन्दपुराण, पद्मपुराण, अग्निपुराण, वराहपुराण आदि र आफ्नै घरछेउका प्रमाण बटुलेर उहाँले कृतिलाई आधिकारिक बनाउन प्रयास गर्नुभएको छ । ती पुराणमै हिन्दूहरुले आफ्ना जीवनकालमा अनिवार्य श्राद्ध गर्नुपर्ने स्थलमा श्रेष्ठ तीर्थस्थलमा उल्लेख गरिएको लेखकको अध्ययनले देखाउँछ । सगरमाथा आर्ट ग्यालरी(प्रा)लि ठमेलद्वारा यसै साल प्रकाशित कृतिमा वेत्रावतीको पौराणिक तथा सांस्कृतिक महत्व, त्यस क्षेत्रका धार्मिक सम्पदा, धार्मिक–सांस्कृतिक मेला तथा पर्व, वेत्रावती र पृथ्वीनारायण शाहको सम्बन्ध, ऐतिहासिक वेत्रावती सन्धि(विसं १८४९) र त्यहाँ रहेका जाति, भौतिक विकास आदि विविध जानकारी दिएर कृतिलाई पूर्ण बनाउने प्रयत्न सह्रायनीय छ ।
त्रिशूली, सलाँखु र फलाँखु तीन नदीको सङ्गम ‘वेत्रगङ्गा’ भएरै तिब्बतको केरुङ नाका पुग्न सकिन्छ । वेत्रावतीलाई उत्तरगयाका रुपमा मान्यता दिई योगी नरहरिनाथले विसं २०४७मा त्यहाँ कोटिहोम पनि लगाएका थिए । केही वर्षयता यहाँ माघेसङ्क्रान्तिमा गोरुजुधाइ गरिँदैआएको पनि छ ।
यथेष्ट अनुसूची, सन्दर्भ सामग्री र तस्बिरहरुले कृतिको महत्वलाई बढाएका छन् । पौराणिक, सांस्कृतिक, ऐतिहासिक र व्यापारिक र पर्यटकीय महत्वको वेत्रावतीबारे गहिरो अनुसन्धान गरिएको यही कृति नै पहिलो हुनुपर्छ । वेत्रगङ्गालाई सबै दृष्टिले बाह्रै महिना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पनि लेखकले सुझाव दिएका छन् । कृतिमा भारतको गयासँग उत्तरगयाको तुलनात्मक विवरण भएको भए अझ ओजिलो बन्थ्यो । केही कुरा दोहोरिएका र लेखक आचार्यको यसअघि प्रकाशित ‘गोसाइँकुण्ड’ कृतिमा उल्लेख गरेका विषय पनि यसमा परेका छन् । रासस

वि.सं.२०७३ पुस १३ बुधवार ०५:१५ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...