२१ असार, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । शनिबार भारतमा २४ हजार भन्दा बढि कोरोना नयाँ संक्रमितहरु भेटिएका छन जो अहिलेसम्मकैँ उच्च हो ।
शनिबार बेलुका सम्मको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजार ९ सय ४ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार २ सय ७९ रहेको छ ।
शनिबारमात्र भारतमा २४ हजार १५ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६ सय १० जनाको मृत्यु भएको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १ करोड १३ लाख ८२ हजार ८ सय ९० पुगेको छ भने संक्रमणबाट ५ लाख ३३ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असार २१ आइतवार १०:१२ मा प्रकाशित