२१ असार, काठमाडौँ । डा समिर दिक्षीत समुदायमा कोभिड १९ को संक्रमण पुष्टि भएको बताउँछन् ।
सरकारले नेपालमा कोभिड १९ को संक्रमण समुदायस्तरमा पुगेको छैन भनिरहेको बेला बेला स्वास्थ्य अनुसन्धान विज्ञसमेत रहेका डा दिक्षीतले भने समुदायमा पुगेको बताएका हुन् ।
काठमाडौँको ढलमा कोभिड भाइरसको जिवाणु भेटिएपछि समुदायमा संक्रमण रहेको टिव्टरमार्फत उनले बताएका हुन् । उनी भन्छन् ‘ढलमा देखिएको भाइरस हालसालैको हुन्छ, यसको उपस्थितीले संकेत दिन्छ कि जोडिएको समुदायमा संक्रमण छ ।’
ढलमा कोभिड जिवाणु भेटिएपछि पानीबाट सर्ने जिवाणु सर्ने भन्दै मानिसमा त्रास फैलिरहेका बेला डा दिक्षीतले कोरोना पानीबाट सर्ने जिवाणु भनेर पुष्टि नभएको र ढलबाट पानीमा मिसिएर संक्रमण सर्ने सम्भावना अत्यन्तै न्युन रहेको बताएका हुन् । उनले कोभिड निगरानीको लागि यस्तो परिक्षण महत्वपु्र्ण हुने पनि बताएका छन् ।
उनी भन्छन् :
कोभिड कोरोना पानीबाट सर्ने जिवाणु भनेर पुष्टि भएको छैन । त्यसैले ढलबाट पानीमा मिसिएर संक्रमण सर्ने सम्भावना अत्यन्तै न्युन छ !
ढलमा देखिएको भाइरस हालसालैको हुन्छ, यसको उपस्थितीले संकेत दिन्छ कि जोडिएको समुदायमा संक्रमण छ । निगरानीको लागी यस्तो परिक्षण महत्वपु्र्ण हुन्छ ।
— Sameer M Dixit, PhD?? (@smadixit) July 5, 2020
वि.सं.२०७७ असार २१ आइतवार ०९:५८ मा प्रकाशित






























