back
CTIZAN AD

तोकिएकै मितिमा १४ औँ महाधिवशेन गर्ने कांग्रेसको निर्णय, यस्तो छ कार्यतालिका

वि.सं.२०७७ असार २२ सोमवार

792 

shares

२२ असार, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले यसअघि तोकिएकै मितिमै १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण महाधिवेशनको प्रक्रियागत कार्यतालिका रोकिए पनि आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए । बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको यसअघिको तालिका परिमार्जन गर्ने निर्णय गरेको हो ।

यसअघि कार्तिकदेखि वडा अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएकोमा अब २ महिना पछाडि अर्थात् पुसबाट शुरु गर्न लागिएको छ ।

संशोधित कार्यतालिकाअनुसार १० साउनभित्र बाँकी जिल्लाहरूको समायोजन सक्नुपर्नेछ । ५१ जिल्लाको समायोजन सकिएको छ भने २६ जिल्लाको बाँकी छ । त्यस्तै बैठकले क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाई सक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।

क्रियाशील सदस्यतामाथि उजुरी गर्ने समय असोज मसान्त, पुनरावेदनका लाग कात्तिक मसान्त र सम्पूर्ण विवाद टुंगाउनका लागि मंसिर २५ गते सम्मको समय दिइएको छ । मंसिर मसान्तभित्र क्रियाशील सदस्यताको नवीकरण, वितरण र छानबिन प्रकृया सकेर सम्पूर्ण सूची निर्वाचन आयोगलाई बुझाई सक्नुपर्ने छ । त्यसपछि वडा तहदेखि अधिवेशनको प्रकृया सुरु हुने महाधिवेशन परिमार्जित तालिकामा उल्लेख छ ।

  • यस्तो छ कार्यतालिका :
    गाउँ र नगर वडा अधिवेशन– २०७७ पुस ६ गते
    गाउँ र नगरपालिका अधिवेशन – २०७७ पुस ८ गते
    प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ पुस ११ गते
    प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १३ गते
    एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १६ गते
    प्रदेश अधिवेशन– २०७७ माघ ६ गते
    केन्द्रीय महाधिवेशन – २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

आजको बैठकमा काँग्रेसको महाधिवेशनको कार्यतालिकाका साथै समसामयिक विषयमा समेत छलफल गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

 

वि.सं.२०७७ असार २२ सोमवार २२:५५ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...