back
CTIZAN AD

मुक्तक

वि.सं.२०७७ असार २७ शनिवार

990 

shares

 

( १ )
रातदिन बगैंचा सिँगार्ने मालीलाई गाली दिन्छन् यहाँ
गोत्र मिलेपछि भ्रष्ट नेतालाई पनि ताली दिन्छन् यहाँ
सेतोलाई सेतो कालोलाई कालो भन्ने कोही भेटिएन
बुझ्नेले पनि सबैलाई एउटै घानमा हाली दिन्छन् यहाँ
( २ )
जमेको पानीझैं यथास्थितिमा रहनु राम्रो होइन
यथार्थ कुरो नबुझी भावनामा बहनु राम्रो होइन
हामी वीर गोर्खालीको सन्तान हौं बुझ सरकार
दुश्मनको अत्याचार चुपचाप सहनु राम्रो होइन ।
( ३ )
आजभोलि आफ्नै खेतीपातीमा रमाएको छु
बाँझो खेतमा तरकारीको बेर्ना जमाएको छु
तैंले पढेर के पो नापिस भन्लान् कसै कसैले
पुर्खाले गर्दै आएको कृषि पेसा समाएको छु ।
( ४ )
बीच बाटोमा धोका दिनु रहेछ मेरो बारी गोड्यौं किन
मध्य रातमा एक्लै छाडेर अन्तैतिर बाटो मोड्यौं किन
धन केही होइन भावनात्मक नाता ठूलो भन्ने गर्दथ्यौं
आखिर धनी बाउको छोरासँग सम्बन्ध जोड्यौं किन।
( ५ )
उनीहरूसँग बोल्नै हुन्न झर्किन खोज्छन्
संकटको घडीमा आफैं तर्किन खोज्छन्
टाढाको मान्छेबाट बरु सहयोग पाइएला
आफ्नाले त घाउमा नुन छर्किन खोज्छन् ।

वि.सं.२०७७ असार २७ शनिवार ०९:०९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...