back
CTIZAN AD

कविताः चियाबारीको व्यथा

वि.सं.२०७७ असार २७ शनिवार

885 

shares

दबाई छिट्छन् की
आफ्नो खुन् छिट्छन्
धनबीरे काकाले चियाबगानमा…?

मल खनाउँछन् की
आफ्नो पसिना खनाउँछन्
फुलमाया काकीले चियाका बुट्टामा…?

पानीले भिजाउँछन् की
आफ्नो आँसुले भिजाउँछन्
श्रमिकहरूले चियाबारीको माटोमा…?

रहरहरू पनि मिसाउँदा हुन्
इच्छाहरू पनि मिसाउँदा हुन्

अलि-अलि गुनाँसो पनि लगाउँदा हुन्
अलि-अलि प्रार्थना पनि लगाउँदा हुन्

अलि-अलि माया पनि छिट्दा हुन्
अलि-अलि मुस्कान पनि छिट्दा हुन्

पानीले भिजाउँछन् की
आफ्नो आँसुले भिजाउँछन्
श्रमिकहरूले चियाबारीको माटोमा…?

आह…त्यसैले त,
मिठोपना हुन्छ चियामा,

थकान् पनि मेट्छ,
भोक् पनि मेट्छ,
तिर्खा पनि मेट्छ,

प्रेम पनि बडाउँछ,
साईनो पनि जोड्छ,
सम्बन्ध प्रगाड बनाउँछ,

सायद, सपना पनि छिट्दा हुन् चियामा…
सायद, बिपना पनि छिट्दा हुन् चियामा…

आहा ! त्यसैले त,
पिऊँ-पिऊँ हुन्छ चिया ।

वि.सं.२०७७ असार २७ शनिवार १०:३६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...