
म पनि अरुहरु जस्तै उहि बजारमा छु
भोलि कौडिमा बिके पनि आज हजारमा छु ।
मसानघाट भन्दा त टाढा छैन होला कुनै वस्ती
तैपनि म सधैं सधैं किन यति हतारमा छु ।
म यसकारण मझधारमा परेको छु कि
दुई वटा डुङ्गामा एकै साथ सवारमा छु ।
किन हो आफू त अत्याचार सहनै सक्दिन
त्यसैले आजभोलि म धेरैको प्रहारमा छ ु।
उकुसमुकुस हुन्छन् कुरा लुकाउनेहरु
किन हो कुन्नि म पनि अहिले दोधारमा छु ।।
शंखरापूर नगरपालिका-४, फेदी ,काठमाडौ