
पहिला पहिला आमा
रातभर कोल्टे फेरि रहनु हुन्थ्यो
चुर खाइ रहनु हुन्थ्यो
एक्लै मन सगँ बात मार्दै
बरबराइ रहनु हुन्थ्यो
पट्यार लाग्दा रातहरुलाइ
कहिले ओख्ली भरि कुट्नु हुन्थ्यो
कहिले जातो भरी पिस्नु हुन्थ्यो
यसरी आमा प्राय अनिन्दा रातहरु
सुस्केरा हाल्दै काट्नु हुन्थ्यो
र झिस्मिसेमै उठेर आखामा अर्धकल्चो
सपना मिच्दै मेलोमा लाग्नु हुन्थ्यो
आमाको आदत देखि दिक्क म कराउथे
-भुत जस्तो रातभर जाग्नु हुन्छ
-कति चुर खानु भएको होला
-खानामा ध्यान दिनु थि र सिजवामा होइन
-कि छाडेर गएको बुवाको याद आयो
आमा आफ्ना चिसा आँखाहरु
पुछ्दै फुस फुसाउथिन्
-कान्छा तँलाई प..छि था, हुन्छ
अचेल घरब्यबहारको जुवा
मेरो काधमा परेको छ
जोत्नु छ मैले सिङ्गो धर्ती र
रोप्नु छ जीवन गरा गरा
आमा अचेल मेरा अनिन्दा आँखाहरु देखेर
सम्झाइ रहनु हुन्छ
-कान्छा पिर नलिइ
मान्छेको दुःख त मरेपछि मात्रै सकिन्छ
उसो भए म बाच्न चाहान्छु ।।