back
CTIZAN AD

कविताः आमा प्रति

वि.सं.२०७७ असार २७ शनिवार

798 

shares

पहिला पहिला आमा
रातभर कोल्टे फेरि रहनु हुन्थ्यो
चुर खाइ रहनु हुन्थ्यो
एक्लै मन सगँ बात मार्दै
बरबराइ रहनु हुन्थ्यो
पट्यार लाग्दा रातहरुलाइ
कहिले ओख्ली भरि कुट्नु हुन्थ्यो
कहिले जातो भरी पिस्नु हुन्थ्यो

यसरी आमा प्राय अनिन्दा रातहरु
सुस्केरा हाल्दै काट्नु हुन्थ्यो
र झिस्मिसेमै उठेर आखामा अर्धकल्चो
सपना मिच्दै मेलोमा लाग्नु हुन्थ्यो

आमाको आदत देखि दिक्क म कराउथे
-भुत जस्तो रातभर जाग्नु हुन्छ
-कति चुर खानु भएको होला
-खानामा ध्यान दिनु थि र सिजवामा होइन
-कि छाडेर गएको बुवाको याद आयो

आमा आफ्ना चिसा आँखाहरु
पुछ्दै फुस फुसाउथिन्
-कान्छा तँलाई प..छि था, हुन्छ

अचेल घरब्यबहारको जुवा
मेरो काधमा परेको छ
जोत्नु छ मैले सिङ्गो धर्ती र
रोप्नु छ जीवन गरा गरा

आमा अचेल मेरा अनिन्दा आँखाहरु देखेर
सम्झाइ रहनु हुन्छ
-कान्छा पिर नलिइ
मान्छेको दुःख त मरेपछि मात्रै सकिन्छ

उसो भए म बाच्न चाहान्छु ।।

वि.सं.२०७७ असार २७ शनिवार १०:४४ मा प्रकाशित

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...