back

चौधवटा नयाँ र्कीिर्तमान कायम गर्दै सकियो भारत्तोलन प्रतियोगिता

वि.सं.२०७३ पुस १४ बिहीवार

543 

shares

सप्तरी। यहाँ सञ्चालित सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भारत्तोलन प्रतियोगिताको अन्तिम खेलमा बुधबार १४ वटा नयाँ कीर्तिमान कायम गर्दै सम्पन्न भएको छ ।

सप्तरीको सदरमुकाम राजविराजमा आयोजित प्रतियोगितामा पुरुषतर्फ नेपाली सेना प्रथम र नेपाल प्रहरी दोस्रो भएका छन् । ६ स्वर्ण, ८ रजत र १ कास्यसहित १५ पदक जितेर नेपाली सेना प्रथम भएको छ भने ६ स्वर्ण, ३ रजत र ३ कास्यसहित १२ पदक जितेर नेपाल प्रहरी दोस्रो भएका छन् ।

यसैगरी २ स्वर्ण, २ रजतसहित ४ पदक ल्याएर पूर्वाञ्चल विकास क्षेत्र तेस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै मध्यपश्चिमाञ्चलले १ स्वर्ण र ३ कास्यसहित ४ पदक ल्याएर चौथो र १ रजत र ४ कास्य गरी ५ पदक ल्याएर सुदूरपश्चिमाञ्चलले पाचौँ स्थान पाएको छ । मध्यमाञ्चलले १ रजत र २ कास्य तथा पश्चिमाञ्चलले २ कास्य ल्याएका छन् ।

भारत्तोलन प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको अर्को विभागीय टोली सशस्त्र प्रहरीले भने कुनै पनि पदक ल्याउन सकेन । प्रतियोगिताका क्रममा विभिन्न तौल समूहमा गरी १४ वटा नयाँ कीर्तिमान कायम भएको भारत्तोलन सङ्घका केन्द्रीय सचिव तिलकबहादुर राउतले जानकारी दिनुभयो ।

प्रतियोगिताको अन्तिम दिन आज सम्पन्न पुरुषतर्फ १०५ केजी तौल समूहमा नेपाल प्रहरीका गगन चन्दले २१४ केजी भार उठाएर स्वर्ण पदक जितेका छन् । सो तौल समूहमा नेपाल प्रहरीकै विपेन्द्र महर्जनले २१३ केजी उठाएर रजत तथा मध्यमाञ्चलका मो.अस्ताकि हुसैनले १९७ केजी उचालेर कास्य पदक जितेका छन् ।

यस्तै पुरुषतर्फको प्लस १०५ केजी तौल समूहमा नेपाली सेनाका पुकार गुरुङले २५९ केजी तौल उचालेर स्वर्ण पदक प्राप्त गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । सन् २०१५ मा सम्पन्न एसियन च्याम्पियनसिपमा स्न्याचतर्फ १२३ केजी उचालेर बनाएको आफ्नै रेकर्ड विस्थापित गरी उनले नयाँ रेकर्ड बनाएका हुन् ।

उहाँले आजको खेलमा स्न्याचतर्फ १२४, क्लिन एन्ड जर्कतर्फ १३५ केजी उठाएका थिए । सोही तौल समूहमा मध्यमाञ्चलका राजीव महर्जनले २०३ केजी उचालेर रजत तथा सुदूरपश्चिमाञ्चलका सुभाष उपाध्यायले २०० केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् ।

कुल १५ स्वर्णका लागि भएको प्रतियोगितामा जम्मा १२३ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिता समाप्तिपछि आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल, प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, कृष्ण दल गणका गणपति गजेन्द्र बोहोरा, भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेश यादव, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय राजविराजका एसपी जयबहादुर खड्कालगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । रासस

वि.सं.२०७३ पुस १४ बिहीवार ०४:३१ मा प्रकाशित

GLOBAL IME AD
यु–१९ महिला टि–२० विश्वकपः फराकिलो अन्तरले पराजित गर्दै नेपालको दोस्रो जित

यु–१९ महिला टि–२० विश्वकपः फराकिलो अन्तरले पराजित गर्दै नेपालको दोस्रो जित

काठमाडौँ । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा...

यु–१९ महिला टि–२० विश्वकपः नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने

यु–१९ महिला टि–२० विश्वकपः नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने

काठमाडौँ । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो...

विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित

विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई...

खेलकुदका माध्यमबाट नेपाल-चीन सम्बन्ध अझ प्रगाढ हुँदै

खेलकुदका माध्यमबाट नेपाल-चीन सम्बन्ध अझ प्रगाढ हुँदै

गण्डकी । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते...

यू-१९ क्रिकेट : कोशीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

यू-१९ क्रिकेट : कोशीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

बैतडी । नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय...

हङकङ सिक्सेस प्रतियोगिता : अष्ट्रेलियालाई पराजित गर्दै नेपाल क्वाटर फाइनलमा प्रवेश

हङकङ सिक्सेस प्रतियोगिता : अष्ट्रेलियालाई पराजित गर्दै नेपाल क्वाटर फाइनलमा प्रवेश

काठमाडौं । नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस...