back
CTIZAN AD

सेयर कारोबार नेप्से झिनो अंकले उकालो लाग्दा, कसले कति कमाए

वि.सं.२०७७ असार ३० मंगलवार

1K 

shares

३० असार, काठमाडौं । सेयर कारोबार नेप्से झिनो अंकले उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबार समग्र परिसूचक ५.०४ अंकले उकालो लागेर १३४७.४४ बिन्दुमा पुगेको  नेप्सेले जनाएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि झिनो अंकले उकालो लागेको छ । सेन्सेटिभ १.९५ बिन्दुले उकालो लागेर २८४.१८ अंकमा पुगेको छ ।

आज कूल ९९ करोड ४५ लाख ४५ हजार १०९ रुपैंयाँ बराबरको २५ लाख ६८ हजार १२४ कित्ता सेयर किनबेच भएको छ । आज कूल सुचिकृत कम्पनीहरु मध्ये १८६ कम्पनीको कारोबार भएको थियो भने १७ खर्ब ७३ अर्ब १५ करोड २९ लाख रुपैंयाँले बजार पूँजीकरण भएको छ ।

करोबार भएकामध्ये बैंकिङ होटल, जलबिद्युत, लघुबित्त र सामुहिक लगानी कोष उपसुचक समूहको परिसूचक उकालो लाग्दा व्यापार, विकास बैंक, बित्त कम्पनी, निर्जीवन बीमा कम्पनी, उत्पादन मूलक, अन्य र जीवन बीमा कम्पनी उपसूचक समूहको परिसूचक ओरालो लागेको छ । यी मध्ये सबैभन्दा धेरै उत्पादनमूलक उपसूचक समूहको परिसूचक २३.९७ अंकले घट्दा लघुबित्त उपसूचक समूहको परिसूचक ६४.९४ अंकले उकालो लागेको छ ।

आज कारोबार भएकामध्ये नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै ११ करोड १० लाख १२ हजार २४३ रुपैंयाँ बराबरको २ लाख २१ हजार ४ कित्ता सेयर किनबेच गर्यो । उसको सेयर मूल्य ८ रुपैंयाँले घटेर ५०० रुपैंयाँले कारोबार हुदां सबैभन्दा बढी ३५२६ पटक सेयर लेनदेन भएको छ ।

आजको कारोबारमा घोडिघोडा लघुबित्त(८७३), मिथिला लघुबित्त(८६२), गुराँस लघुबित्त(७८८) लगायतका लगानीकर्ताहरुले कमाएका छन भने बिशाल बजार कम्पनी (१५८०), राधि बिद्युत कम्पनी (१७०), युनाईटेड फाईनान्स (१६५) लगायतका लगानीकर्ताहरुले गुमाएका छन ।

वि.सं.२०७७ असार ३० मंगलवार १७:१० मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...