back
CTIZAN AD

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालले गरे आफ्नो उम्मेद्वारी घोषणा

वि.सं.२०७७ असार ३० मंगलवार

765 

shares

३० असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावका लागि महासंघको बरिष्ठ उपाध्यक्ष पदमा वर्तमान कार्य समितिका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उम्मेदवारी दिएका छन् । बुधबार एक कार्यक्रमको आयोजना गरी ढकालले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् । उक्त कार्यक्रममा ढकाल समुहले प्यानल नै घोषणा गरेको छ ।

को को छन त ढकाल प्यानलमा ?

ढकाल समूहबाट अर्का उपाध्यक्षका लागि गुणनिधी तिवारीले उम्मेद्वारी दिएका छन भने वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । त्यस्तै एशोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघाईले उम्मेद्वारी घोषणा गरेका छन् ।

उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्षका दावेदार ढकालले केही महिना अघिसम्म महासंघको नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर आँफुले एक्लै लविङ गरेको बताए ।

पछि के हुन्छ हामीले हेरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाजीले नै महासंघको भावी नेतृत्व पाउनुपर्छ भनेर ठूलै मेहनत नगरेको भए आज परिस्थिति अर्कै हुन्थ्यो भन्दै ढकालले गोल्छाको समर्थन पनि आफूलाई नै हुने विश्वास ब्यक्त गरे ।

आईएई ग्रुपको अध्यक्ष समेत रहेका ढकाल हाल महासंघको उपाध्यक्ष छन । उनको समूहले मंगलबार चुनावी घोषणा सभाको आयोजना गरेर आफ्नो प्यानल विजयी हुने दावी गरेका छ।

वि.सं.२०७७ असार ३० मंगलवार १८:३१ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...