back

सावधान ! गोयन्का समुहले उत्पादन गरेको सिमेन्ट गुणस्तरहिन

वि.सं.२०७७ असार ३१ बुधवार

450 

shares
RBB AD
NTC AD

३१ असार काठमाडौं । गोयन्का समुहले उत्पादन गरेको पिएससि सिमेन्ट गुणस्तरहिन पाईएपछि कारर्बाहिमा परेको छ । नेपाल गुणस्तर तथा नाप तौल विभागका अनुसार उक्त कम्पनीले उत्पादन गरेको पिएससि ब्राण्डको सिमेन्टमा ३ दिनको कम्प्रेसिभ स्ट्रेन्थ (पक्रिने क्षमता)को मान कम्तिमा १६ एमपिए हुनु पर्नेमा ११ एमपिए मात्र छ त्यस्तै ७ दिनको कम्प्रेसिभ स्ट्रेन्थको मान कम्तिमा २२ एमपिए हुनु पर्नेमा १८ एमपिए मात्र भएकोले तत्कालको लागि सरकारले प्रदान गर्दै आएको नेपाल गुणस्तर चिन्हको ईजाजत स्थगित गरिएको हो ।

बिभागका अनुसार तोकिएको मापदण्ड अनुसारको सिमेन्ट प्रयोग गर्दा सेट नहुने सम्भावना बढी हुन्छ । ब्यापारिक घराना गोयन्का समूहले नेपालमा फलामे छड, सिमेन्ट, चामल, खाने तेल, पंखा तथा ईलेक्ट्रोनिक्स सामानहरु निर्माणना गर्ने गर्दछ ।

त्यस्तै विराटनगरमा रहेको कमला रोलिङ् मिल्सले उत्पादन गरेको फलामे छड पनि गुणस्तरहिन पाईएको बिभागले जनाएको छ । बिभागका अनुसार फलामे छड निर्मणमा प्रयोग हुने टिएमटी बारमा सल्फर र फस्फोरसको मात्रा चाहिने भन्दा बढी छ । बिभागका अनुसार टिएमटी बारमा सल्फरको मान ०.०५५ प्रतिशत हुनु पर्नेमा ०.०५९ प्रतिशत पाईएको छ । त्यस्तै फस्फोरसको मान पनि चाहिने भन्दा भढी पाईएको छ । नेपाल गुणस्तर अनुसार फलामे छडमा फस्फोरसको मात्रा ०.०५५ प्रतिशत हुनु पर्नेमा ०.०५९ प्रतिशत पाईएको बिभागले जनाएको छ ।

त्यस्तै सल्फर र फस्फोरसको कम्पोजिसन पनि चाहिने भन्दा निकै बढी पाईएको छ । बिभागका अनुसार सल्फर र फस्फोरसको मान ०.१०५ प्रतिशत हुनु पर्नेमा सो भन्दा निकै बढी ०.११९ प्रतिशत पाईएको छ ।

बिज्ञहरुका अनुसार फलामे छडमा कार्बन, फस्फोरस र सल्फरको मात्रा नमिल्दा फलाम फुट्ने सम्भावना हुन्छ । घर बनाउँदा छडलाई बिभिन्न आकृतिमा ढाल्नु पर्ने हुन्छ । गुणस्तरहिन छडलाई आकृतिमा ढाल्न सकिंदैन । भांचिने या फुट्ने हुन्छ ।

बेचेको सामान फिर्ता गर्न सकिंदैनः मनोज तिवारी

गुणस्तरहिन छड उत्पादन गरेको कमला रोलिंगका बिक्रि प्रमुख मनोज तिवारीले   जस्तोसुकै भए पनि बेचेको सामान फिर्ता नहुने बताएका छन । तपाईंहरुले गुणस्तरहिन छड उत्पादन गर्नु भएछ नी ? अब फिर्ता गर्नु हुन्छ ? भन्ने संसार न्यूजको जिज्ञासामा उनले बिक्रि भएको समान फिर्ता नुहुने जवाफ दिए । गुणस्तर तथा नाप तौल बिभागले २५ असारमै तपाईहरुले उत्पादन गरेकोे सामान गुणस्तहिन छ भनेर सूचना निकालेको छ नी ? भन्ने हाम्रो जिज्ञासामा उनले हामीलाई बिभागबाट पत्र आएको छैन त्यसैले अहिले हामीले केहि पनि गर्न नसकीने जानकारी गराएका छन् ।

सो स्टिल कम्पनीका माहाप्रबन्धक विजय सरावतले  म हस्पिटलमा छु, त्यो मेरो बिभाग हैन भन्दै पन्छिए ।

नेपालमा चर्चित ब्यापारिक घरानियाँहरुले नै गुणस्तरहिन सामाग्रीको उत्पादन गरिरहेको तथ्य बेलाबेलामा सार्बजनिक हुने गरेको छ । त्यहि मध्येको यो पछिल्लो घटनामात्र हो ।

वि.सं.२०७७ असार ३१ बुधवार १४:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४...

नेप्से र कारोबार दुवै घट्यो

नेप्से र कारोबार दुवै घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजारले २ हजार...

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

काठमाडौं । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले गत...