
१ साउन, काठमाडौं । बाढी पुर्वानूमान महाशाखाले आजदेखि ३ दिनसम्म प्रमुख र मझौला नदीमा बहाव बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बिहिबार सूचना जारी गर्दै आज भोटेकोशी, बलेफी लगायत सुनकोशीको सहायक नदीमा वहाव उच्च रहेको छ । कोशीमा पनि वहाब बढ्ने जनाइएको छ ।
त्यसैगरी आजको मापन अनुसार कन्काई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई कर्णाली, महाकालीमा बहाव स्थिर रहेको छ भने कोशी र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा छ तर सबैमा सतर्कता तह भन्दा तलै छ ।
आज राति भोटेकोशी नदी बाह्रबिसेमा जलसतह एक्कासी १.५ मिटर बढेर सर्तकता तह आसपासको बाढी आएकोले तटिए क्षेत्रमा रहनेलाई एसएमएस मार्फत् सर्तक गराईएको पनि महाशाखाले जनाएको छ ।