back
CTIZAN AD

अध्यागमनका कर्मचारीले नै बेचे चिनियाँ नागरिकलाई भिषा !

वि.सं.२०७७ साउन १ बिहीवार

858 

shares

१ साउन, काठमाडौं । अध्यागमनका विभागका कर्मचारी रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन् । काफ्लेले पदका दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको छ । उनले कति रकममा भिसा बेचे भन्ने कुरा भने अनुसन्धानकै क्रममा रहेको छ ।

विभागको स्टोर शाखामा रहेका भिसा स्टिकर उनले गोप्य ढंगले निकालेका थिए । त्यसपछि विचौलियाको सहायतामा ती चिनियाँलाई रिलेसन (नातेदार) भिसा जारी गरेको खुलेको छ । तर उक्त भिषाका लागि न आवस्यक कागजातपत्र पेश भएको न त भिसा जारी गरेको रेर्कड छ । केहि थान भिसा स्टिकर अनधिकृत ढंगले बाहिरीएको रेर्कड अध्यागमन विभागसँग छ । त्यसकै आधारमा विभागले काफ्लेमाथि कार्बाही थालेको बिहिबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

रिलेशन भिसा पाउन स्थानीय तहले गरेको नाता प्रमाणित, सनाख गर्ने व्यक्तिको सशरीर उपस्थिति र सनाखत गर्ने व्यक्तिको नेपाली नागरिकता अनिवार्य पेस गर्नुपर्छ । ती चिनियाँको कुनै पनि कागजपत्र अध्यागमनमा छैन । मूलतः त्यहि कागजपत्रका आधारमा विभागको गैरपर्यटकिय शाखाले रिलेसन भिसा दिने÷नदिने निर्णय गर्दछ ।

वि.सं.२०७७ साउन १ बिहीवार ०९:०४ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...