back
CTIZAN AD

खाना खान बोलाएर बलात्कार गरेको आरोपमा प्रहरीका एसएसपी अधिकारी पक्राउ

वि.सं.२०७७ साउन १ बिहीवार

807 

shares

१ साउन, काठमाडौं । खान खान आफ्नै निवासमा बोलाएर युवतीलाई बलात्कार गरेको आरोपमा सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।
उनी पोखराको लामापानस्थित हुल तथा दंगा व्यवस्थापन प्रमुख समेत हुन् ।

पीडित युवतीले दिएको मौखिक उजुरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी डिएसपी सुवास हमालले बताए ।
चितवन घर भएकी २७ वर्षीया युवतीले दिउँसो करिब ३ बजेतिर शिक्षालय परिसरबाट रुदै कन्ट्रोलरुपममा फोन गरेर एसएसपी अधिकारीले आफूलाई बलात्कार गरेको जानकारी गराएकी थिइन् । त्यलगत्तै डिएसपी हमालले फोन गरेर ती युवतीसँग थप जानकारी लिएका थिए ।

वडा प्रहरी कार्यालय रामबजारका इन्सपेक्टरको नेतृत्वमा पठाइएको टोलीले युवतीलाई शिक्षालय परिसबाट उद्धार गरेर कार्यालयमा ल्याएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठसहितले घटनाबारे युवतीसँग विस्तृत जानकारी लिएपछि अधिकारीलाई पक्राउ गरेको हो । पक्राउ गर्न एसपी श्रेष्ठ आफै शिक्षालय पुगेका थिए । प्रहरीले पीडित युवती र एसएसपी अधिकारीको स्वास्थ्य परक्षिण गरेको पनि बिहिबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

पीडित युवतीले प्रहरीलाई दिएको बयान अनुसार खान खान निम्तो दिएपछि उनी बिहान साढे ९ बजे लामापाटनस्थित शिक्षालयभित्र रहेका एसएसपी अधिकारीको निवास पुगेकी थिइन् । लगत्तै अधिकारीले आफूलाई बलात्कार गरेको उनको भनाई छ । उनलाई प्रहरीले आफ्नै संरक्षणमा राखेको छ ।

वि.सं.२०७७ साउन १ बिहीवार ०९:२७ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...