
१ साउन, काठमाडौँ । बुधबार अमेरीकामा ७१ हजार भन्दा बढि कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय भन्दा बढिको मृत्यु भएको छ ।
बुधबार बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या ३६ लाख १६ हजार ७ सय ४७ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार १ सय ४० रहेको छ ।
पछिल्लोे २४ घण्टामा अमेरीकामा ७१ हजार ६ सय ७० कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय ९७ जनाको मृत्यु भएको छ ।