
२ साउन, काठमाडौँ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७६ हजार भन्दा बढि व्यक्तिको मृत्यु भएको छ भने कोरोनाबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार २ सय ९९ जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ७६ हजार ८ सय २२ पुगेको छ ।
ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४३ हजार ८ सय २९ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या २० लाख १४ हजार ७ सय ३३८ पुगेको छ ।