back
CTIZAN AD

त्रिविको स्थगित सबैतहको परीक्षा असोजभित्रै हुने, यस्तो छ परीक्षाको विधि

वि.सं.२०७७ साउन २ शुक्रवार

849 

shares

२ साउन, काठमाण्डौ त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण स्थगित स्नातक तथा स्नाकोत्तर तहको परीक्षा असोजभित्रै सन्चालन गर्ने भएको छ ।

विद्यार्थीलाई भौतिकरुपमा उपस्थित गराउने तथा विकल्पका रुपमा अनलाइन विधिबाट परीक्षा सन्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो ।

परीक्षणा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैअघि सन्चालन गर्ने गरी परीक्षाको तालिका तयार पारेको जानकारी दिएको शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ ।

विश्व विद्यालयले अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्रमै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने स्पष्ट गरेको छ । सेमेष्टर प्रणालीमा अध्ययन गरेका विद्यार्थीका केही परीक्षा अनलाइन र केही परीक्षा केन्द्रमै पुगेर लिनेगरी सन्चालन गरिने नियन्त्रक जोशीले जानकारी दिएका छन् । यसका साथै बार्षिक प्रणालीमा अध्ययनरत विद्यार्थीको परीक्षा अनलाइनमा गर्न समस्या देखिएकोले विद्यार्थी परीक्षा हलमै उपस्ूिथत हुनुपर्ने अवस्था रहेको उनले बताए ।

नियमित परीक्षा दसैंपछि
स्थगित परीक्षा सकेपछि परीक्षाको तयारीमा रहेका स्नातक तथा स्नाकोत्तर तह तथा सेमस्टर प्रणालीमा सन्चालित बाँकी विद्यार्थीको परीक्षा लिने भएको छ । यो परीक्षा दसैंपछि सन्चालन गरिने जानकारी त्रिविले दिएको छ ।

साउन ७ गते कार्यतालिका
परीक्षाको कारण लामो समयदेखि जारी अन्यौल चिर्न तत्काल निर्णय लिनुपर्ने भएकोछ । विश्वविद्यालयले यसको औपचारिक सूचना सार्वजनिक गर्न साउन ७ गतेपछि दिने भएको छ । साथै परीक्षाको क्रममा कोरोना संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गरेर परीक्षा लिइने पनि बताइएको छ ।

वि.सं.२०७७ साउन २ शुक्रवार ०८:५५ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...