
२ साउन, काठमाण्डौं । आज देशका ५ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको र मनसुुनी चापिय रेखा तराई भू–भागदेखि केही दक्षिणतिर सरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
विभागले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षा समेत हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।