२ साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार ( साउन २ गते) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ १ पैसा र बिक्रिदर १२० रुपैयाँ ६१ पैसा रहेको छ । विहिबारको तुलनामा डलरको भाउ केही पैसाले वृद्धि भएको हो ।
त्यस्तै युरो १ को खरिददर १३६ रुपैयाँ ७४ पैसा र विक्रिदर १३७ रुपैयाँ ४३ पैसा रहेको छ भने युके पाउण्ड१ को खरिददर १५० रुपैयाँ ४६ पैसा र बिक्रिदर १५१ रुपैयाँ २१ पैसा रहेको छ । विहिबारको तुलनामा पाउण्डको भाउ झण्डै १ रुपैयाँ घटेको हो ।