back
CTIZAN AD

कविताः यूग निर्माता

वि.सं.२०७७ साउन ३ शनिवार

1.1K 

shares

मृत्युको त्रास
ढुकढुकीमा बोकेर
चलमलाउदैछ जिन्दगीहरू
पुःन सुस्तरी अब
कर्मक्षेत्रको मैदानमा ।
सशंकित छन् मनहरू
संक्रमणको आशंकाले
एकातिर ..
पेटमा सल्कने आगोले
अँह..किञ्चित बुझ्दैन
मान्छेको मनको डर,
मान्दैन भय मृत्युको ।
अर्कोतिर ..
ऋणको व्याज उठाउन आएको
साहु जस्तो
मुख च्यातेर ठिङ्ग्ग
उभिएको छ एक पछि अर्को
लाम लागेर
संसारिक खाँचोहरु ।
यसैले..
भय सँग पौंठेजोरी खेल्दै
खँजो आर्थिक अवस्थालाई
सुदृढ पार्न र एउटा
नौलो भविष्य निर्माण गर्न
चलमलाउदैछ जिन्दगीहरू
फेरि सुस्तरी अब ।
किनकि बुझ्दछन
गतिशीलता नै हो
जीवनको परिचायक ।
एक पाइलामा जीवन र
अर्का पाइलामा मृत्यु टेकेर
हिड्ने मानव जातिलाई
स्विकार छैन पराजय ।
यसैले लड्छन
लडेर उठ्ने प्रयत्न गर्छन,
उठछन र दौडन्छन
यहि मानवको बिशेषता ।
विपदाहरू कति
आउछन, जान्छन तर
मानिसको आत्मशक्ति हारेको
कुनै इतिहास छैन ।
भत्किन्छ फेरि बनाउछन
गुमाउछन फेरि पाउने
प्रयत्न गर्छन् ।
कर्मशिल छन,सृजनशिल छन
र नै मानिन्छ सायद
इश्वरको सर्वश्रेष्ठ सृजना ।
यसैले..
मानव जीवनको गरिमा बचाइराख्न
निष्क्रियता त्यागी,
उजाड उपवन फेरि शृगार्नलाई
त्रासलाई काखीमा च्यापेर
चलमलाउदैछ जिन्दगीहरू
पुस्न सुस्तरी अब
कर्मक्षेत्रको मैदानमा
नयाँ यूगको निर्माता बनेर ।

वि.सं.२०७७ साउन ३ शनिवार १०:०० मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...