back
CTIZAN AD

कविता-‘जन्मथलो’

वि.सं.२०७७ साउन ३ शनिवार

927 

shares

यौटा गाउँ थियो नि स्वर्ग सरिको हो जन्म मेरोस्थल
खेती गाउँ छ धर्मदेव रहने आभा छरी झल्मल !
उस्तै स्नेह छ पार्वती भुवनकी आमा झनै सुन्दरी
लाग्थ्यो स्वर्ण जसै मनोरम सदा सम्झन्छु माया गरी !! १

बस्ती त्यो सुनसान नै हुनगयो आमा बुवाको घर
टाढै बाट गरें प्रणाम दिलले भुल्नै कहाँ सक्छु र !
जान्थे काफल टिप्न ती वनभरी आनन्द मानीकन
ऐले रोदनमा छ यो मनचरी दुख्दा दुखी जीवन !! २

बस्थे सुन्दर त्यै निवास नगरी क्वै दुःख पीडा खपी
मेलापात गरेर गाउँ घरमा पाल्थे कठै सन्तती !
आएछौं परदेशमा अमर ती बिर्सेर नाता सबै
पीडा भोग्छ यहाँ सदैव मनले माया छ गाढा झनै !! ३

हे आमा ममता बुझूँ म कसरी टाढा भयो जिन्दगी
हे बाबा सुखमा रमाउँ कसरी आधा गयो जिन्दगी !
प्यारो जन्मथलो पुगेर सजिलै सेवा सदा गर्नु छ
त्याग्दै मोह विचारको मगजले माटो चुमी मर्नु छ !! ४

बा आमा परिवारको नगर त्यो हो भूमि प्यारो अति
कस्तो याद सताउने हरघडी रुन्छे सधैं आरती !
फर्कौंला अब देशमा रहर भो यात्रा गरौं थालनी
के लेखौं कविता उदाश मनले चल्दैन यो लेखनी !! ५

छन्द-शार्दूलविक्रीडित

डँडेलधुरा,नैनिताल- भारत

वि.सं.२०७७ साउन ३ शनिवार १०:०२ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...