
यी दुई नयनले
जब धर्ती चियाएर हेर्न लागें
व्ययतित समय पला,
वर्तमान र भविष्यको अनौठो कला
जिन्दगीको ‘बुट्टे पछ्यौरी’ मा
नजर रोकियो ।
मातृवात्सल्यको अदृश्य प्यार
जीवनको सँघार कोरिएको बुट्टा
झट्ट हेर्दा अल्झिएको पात जस्तो !
खुसी मौलाएको रङ्गीन हात जस्तो !
गहिराई नियाली हेरें अन्तिम यात्रा घात जस्तो !
कस्तो आकारमा भरूँ जिन्दगीको बुट्टा
अन्यौलमा परें ।
कतै देखियो बुट्टा शिखर झैं चुलिएको
कतै गुराँस झैं फुलेको,
यौवन खुलेको,भमरा डुलेको
माटो र ममताको सुगन्ध छर्किएको
हृदययको धड्कन, आत्मीयपन
अनेकताभित्र एकताको कलात्मक विन्यास
‘बुट्टे पछ्यौरी…’
वि.सं.२०७७ साउन ३ शनिवार १०:०५ मा प्रकाशित






























