back
CTIZAN AD

स्थानीय तहबाट सिफारिस भै आएको विषयमा जिप्रकाबाट थप निवेदन दिनुनपर्ने

वि.सं.२०७७ साउन ५ सोमवार

816 

shares

५ साउन, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले स्थानीय तह वा वडा कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा सिफारिस भै आएको विषयमा जिल्ला प्रशासन कार्यालयबाट सेवा लिंदा थप निवेदन दिनु नपर्ने जनाएको छ ।

सेवाग्राही जनसमुदायको सुविधा र हितलाई मध्यनजर गर्दै सरल र सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यले यस कार्यालयले स्थानीय तह वा वडा कार्यालयबाट सिफारिस भै आएको विषयमा कार्यालयबाट सेवा लिन थप निवेदन दिइरहनु नपर्ने वा निवेदन आवश्यक नपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकार झंकनाथ ढकालले जानकारी दिएका छन् ।

स्थानीय तह वा वडा कार्यालयबाट सिफारिस लिइ यस कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले हुलाक टिकट र स्थानीय तह वा वडा कार्यालयको सिफारिस लिइ सिधै कार्यालयको प्रशासन शाखा वा सम्बन्धित शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

साथै पालो पर्खी सेवा लिने बानी बसाल्न तथा कानून र प्रकृयाको पालना गर्न अनुरोध गर्दै उनले सामाजिक र भौतिक दूरी कायम गर्न, मास्क लगाउन र सेनिटाइजर प्रयोग गरी कोरोनाको जोखिम कम गर्न पनि अनुृरोध गरेका छन् ।

३ उक्त सूचना सम्पूर्ण जनसमुदायसम्म पुर्‍याइदिनु हुन अनुरोध छ ।

वि.सं.२०७७ साउन ५ सोमवार १७:०६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...