back
CTIZAN AD

पर्वतमा अचम्मैको अपराध, धानवालीमा यस्तो विध्वंश

वि.सं.२०७७ साउन ६ मंगलवार

1.1K 

shares

६ साउन, काठमाडौँ । पर्बतको पैयु गाउपालिका ३ बेउलीबासका रामप्रसाद भुसालको धानबालीमा बिध्वंश मच्चाउनेहरु अझै पक्राउ पर्न नसकेको जनाइएको छ ।

समाजमा थरीथरी अपराधिले आतंक मच्याएका छन् नै । त्यसबाहेक कोरोनाको भय उस्तै छ । अझ पछिल्ला केही दिनमा त बाढी पहिरोले मुलुकलाई झन बढी पीडा दिएको छ । यस्तो संवेदनशील घडीमा पनि धानबाली नष्ट जस्तो घृणित अपराध पर्वतको पैञ्यु ३ बेउलीबासमा भएको छ ।

केही दिन अगाडि अफ्रिकादेखि आएको सलह पनि त्यहि खेत माथिबाट पार गयो, केही भएन । पैञ्यु र विहादीको सीमामा पर्ने सिउँडीखोलाको सुसाईले पनि धानखेतीको रक्षा गरेकै थियो । तर असार ३१ गते राती केही ‘अपराधि’ हरुले धानवालीमाथि अचाक्लि गरे ।

असार ३१ गते राती क्याप्टेन रामप्रसाद भुसालको अन्दाजी ७ रोपनी धान खेत (७ हलको रोपाई र ३० मुरी जति उत्पादन) मा ढुङ्गा फाल्ने, उखेल्ने र उजाड पार्ने उदण्डता साउन १ गते बिहानै देखेपछि पिडीत रामप्रसादले वडा कार्यालय हुँदै इलाका प्रहरीमा समेत निवेदन दिएका थिए । ‘म ७२ वर्षको भएं, कसैको केही नर्गनु गरेको छैन । मैले यस्तो विध्वंस देख्न परेको पनि थिएन, अहिले आफैले भोगे’ संसारन्यूजसँग उनको प्रतिक्रिया थियो । भुसालका अनुसार खेत रहेको केलुङ भन्ने ठाउँमा उनको गोठ पनि थियो । उनी साँझ ८ बजेसम्म त्यहि थिए तर बिहान एक्कासी त्यो घटना सुन्दा र देख्दा अचम्मै परेका थिए ।

सो घटनालाई लिएर पर्बतका राजनैतिक सामाजिक अभियन्ता तिलक अधिकारीले पीडितलाइ क्षतिपूर्ति र अपराधीलाई कारवाहीको लागि पहल गरिरहेका छन् भने देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका तेजेन्द्र पौडेलले उक्त घृणित कार्य समूहद्वारा नै हुन सक्ने भएको भन्दै त्यस्ता आपराधिक समूहलाई कडा कार्वाहिको माग गरेका छन् ।

सो घटना सम्बन्धमा संसारन्यूजसँग प्रतिक्रिया दिँदै अष्ट ज अभियान नेपालका राष्ट्रिय परिषद सदस्य जनक भुसालले भने ‘बाली नष्ट गर्ने अपराधी जोसुकै भएपनि कारबाही गरिनु पर्दछ र काुननको कठघरामा उभ्याइनु पर्दछ ।’

पिडित भुसालको खेतबाली नष्ट गरेको प्रकृति हेर्दा स्वभाविक छैन, उनकै धानखेत छानेर वितण्डा मच्याइएको छ । उनको साँध बिचका अरु ४ वटा गरामा क्षति पु¥याउने नियत खास देखिएको छैन भने भुसालको धानबाली भने जंगली पाराले नष्ट पारिएको छ ।

सो धानबाली नष्ट गराउने समूहको खोजी र कारवाहीका सम्बन्धमा इलाका प्रहरी मर्दिखोलाका प्रहरी निरीक्षक विजय चौधरी भन्छन् ‘हामीले उजुरी लिएर छानविन गरिरहेका छौँ, अझैसम्म त्यस्तो व्यक्ति वा समूहको पहिचान भैसकेको छैन, खोजी जारी छ ।’

वि.सं.२०७७ साउन ६ मंगलवार १४:१७ मा प्रकाशित

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोप) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...