back
CTIZAN AD

लकडाउन हटेको दिन सेयर कारोबार दोहोरो अंकले ओरालो लागे पनि होटेल क्षेत्र चम्कीयो

वि.सं.२०७७ साउन ७ बुधवार

1K 

shares

७ असार, काठमाडौं । कोरोना भाईरसको माहामारीका कारण गत चैत्र ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण अस्तब्यस्त बनेको होटल क्षेत्र लकडाउन हटेसंगै बौरिएको छ । बुधबार यसको प्रभाब सेयर बजारमा देखियो । बुधबार समग्रमा सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागे पनि होटल क्षेत्रको परिसूचकमा भने उच्च अंकको बृद्धि देखिएको छ ।

अघिल्लो दिनको तुलनामा समग्र परिसूचक १७.५ अंकले घटेर १४३२.४४ बिन्दुमा कायम भएको छ । त्यस्तै ठूला कम्पनिहरुको कारोबार मापक सेन्सेटिभ पनि ३.९ अंकले ओरालो लागेर ३०३.१४ बिन्दुमा कायम भएको छ । परिसूचक घटेपनि कारोबार भने उल्लेख्य भएको नेप्सेले जनाएको छ ।

आज सूचिकृत मध्ये कूल १८३ कम्पनीका १ अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ रुपैंयाँ बराबरका ३५ लाख ८६ हजार कित्ता सेयर किनबेच भएको छ ।

जम्मा १२ वटा कम्पनी उपसूचक समूहको कारोबारमा होटल र सामूहिक लगानीकोष बाहेक सबै १० वटै कम्पनी उपसूचक समुहको परिसूचक ओरालो लागेको छ । होटल समूहको परिसूचक भने अघिल्लो दिनको तुलनामा १३४.४५ अंकले उकालो लागेर १६३०.८० बिन्दुमा पुग्यो भने सामूहिक लगानी कोषको परिसूचकमा भने सामान्य बृद्धि देखिएको छ ।

कारोबार रकमको आधारमा एनआईसि एसिया लघुबित्त(रु.१,८१,५८४,८२१), नेपाल पुनर्बीमा कम्पनी(रु.१,६२,३७६,२६७), नेपाल लाईफ(९९,२६९,६५५) लगायत शिर्ष स्थानमा रहे भने करोबार संख्याको आधारमा नेपाल पूनर्बीमा कम्पनी (३०१,६६३), एनआईसि एसिया लघुबित्त(२२१,८२६), एनएमबी बैंक (१८७,८८७) शिर्ष स्थानमा रहे ।

त्यस्तै लेनदेनको आधारमा एनआईसि एसिया लघुबित्त,(१८६४५) नेपाल पुनर्बीमा कम्पनी(४२७४),एनएमबी बैंक(६९४) शिर्ष स्थानमा रहेको नेप्सेले जनाएको छ ।

आज एनआईसि एसिया लघुबित्त(४९), शिखर ईन्स्योरेन्स (३९), ओरियन्टल होटल(३३) लगायतकका लगानीकर्ताहरुले मनग्ये कमाउँदा नेपाल सेवा लघुबित्त (७२), मिथिला लघुबित्त(४५), नेपाल पूनर्बीमा कम्पनी(२२) लगायतका लगनीकर्ताले उल्लेख्य गुमाएका छन ।

वि.सं.२०७७ साउन ७ बुधवार १५:४५ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...