back
CTIZAN AD

सातौं राष्ट्रिय खेलकुदः नेपाली सेना १०८ स्वर्णसहित अग्रस्थानमा

वि.सं.२०७३ पुस १५ शुक्रवार

1K 

shares

१५ पुस, सुनसरी । सातौं  राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विहिबारसम्म सम्पन्न खेलमा नेपाली सेनाले १०८ स्वर्ण पदक जित्दै पहिलो स्थानमा रहेको छ ।

विहिबारसम्म सम्पन्न खेलको नतिजा अनुसार सशस्त्र प्रहरी बल ४६ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरी ४० स्वर्ण पदकसहित तेस्रो स्थानमा रहेका छन् ।

्नेपाली सेनाले ६० रजत र ४३ कास्यसहित कुल २११ पदक जितेका छन् । सशस्त्र प्रहरीले ४३ रजत र ५६ कास्यसहित कुल १४५ तथा प्रहरीले ३७ रजत र ३९ कास्यसहित कुल ११६ पदक जितेका छन् ।

यस्तै मध्यमाञ्चलले ३१ स्वर्ण, ४९ रजत र ५७ कास्यहित १३७, मध्यपश्चिमाञ्चलले आठ स्वर्ण, १४ रजत र ४२ कास्यसहित ६४, पश्चिमाञ्चलले सात स्वर्ण, २१ रजत र ३६ कास्यसहित ६४, आयोजक पूर्वाञ्चलले छ स्वर्ण, १६ रजत र ४७ कास्यसहित ६९ तथा सुदूरपश्चिमाञ्चलले चार स्वर्ण, ११ रजत र ५९ कास्यसहित ७४ पदक जितेका छन् ।

बक्सिङमा नेपाली सेनाको वर्चस्व

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका सबै खेल विहिबार सम्पन्न भएको छ । बक्सिमा नेपाली सेनाको बर्चस्व रह्यो । बक्सिङमा पुरुष र महिलातर्फ गरी कुल १८ स्वर्णमध्ये ११ स्वर्ण जित्दै नेपाली सेना च्याम्पियन बनेको हो । सेनाले छ रजत र दुई कास्य पदक जितेका छन् ।

यस्तै सशस्त्र प्रहरी चार स्वर्ण, पाँच रजत र चार कास्य पदक जित्दै उपविजेता बन्यो भने मध्यामाञ्चल दुई स्वर्ण, दुई रजत र चार कास्य पदक जित्दै तेस्रो भयो ।

प्रतियोगितामा नेपाल प्रहरीले एक स्वर्ण, तीन रजत र दुई कास्य, आयोजक पूर्वाञ्चलले १० कास्य, मध्यपश्चिमाञ्चलले पाँच कास्य, सुदूरपश्चिममाञ्चलले चार कास्य तथा पश्चिममाञ्चलले तीन वटा कास्य पदकमा चित्त बुझाए ।

मेची रङ्गशालामा विहिबार सम्पन्न महिलातर्फको ६४ किलो तौलमा नेपाली सेनाका पुनम रावलले स्वर्ण पदक जित्नुभयो । सशस्त्र प्रहरीका विनिता थापामगरले रजत पदकमा चित्त बुझाउनुप¥यो । यस्तै ६९ किलोमा सशस्त्रका सङ्गीता सुनुवारले स्वर्ण तथा नेपाल प्रहरीका अनुराध लामाले रजत पदक जित्नुभयो । ७५ किलोमा सेनाका शीलु डङ्गोलले स्वर्ण तथा सेनाकै समुना खातुनले रजत पदक पाउनुभयो ।

पुरुषतर्फ ६९ किलो तौल समूहमा सेनाका विष्णुप्रसाद घलेले स्वर्ण र सशस्त्र प्रहरीका विकास लामाले रजत तथा ७५ किलोमा सेनाका दिपेश लामाले स्वर्ण र मध्यामाञ्चलका दिवसलाल भुमीले रजत पदकमा चित्त बुझाउनु प¥यो । त्यस्तै ८१ किलो तौलमा मध्यमाञ्चलका मनोहर बस्नेतले स्वर्ण र सेनाका महेन्द्र केसीले रजत पदक जित्नुभयो । ९१ किलोमा सेनाका श्याम खत्रीले स्वर्ण र मध्यामाञ्चलका कविरश शर्माले रजत पदक पाउनुभयो भने ९१ किलो बढी तौलमा सेनाका आशिस दवाडीले स्वर्ण र मध्यामञ्चलका मेघ लामाले रजत पदक पाउनुभयो ।

वि.सं.२०७३ पुस १५ शुक्रवार ०३:४० मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...