back

पाण्डे र श्रेष्ठलाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार

वि.सं.२०७३ पुस १५ शुक्रवार

837 

shares

१५ पुस, काठमाडौँ । यस वर्षको ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे र कान्तिपुर दैनिकका मकर श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिको सिफारिसमा रु ७५ हजार राशिको उक्त पुरस्कार दुई जनालाई प्रदान गर्ने निर्णय भएको महासङ्घले जनाएको छ ।

यसैगरी बैठकले पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने रु २५ हजार राशिको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पूर्वाञ्चलबाट कोकिला ढकाल र अम्मर खड्का, मध्यमाञ्चलबाट दिवाकर भण्डारी र ध्रुव दङ्गाल, पश्चिमाञ्चलबाट वसन्त गिरी र कृष्ण खनाल, मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी र गिरु भण्डारी, सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट र कृष्ण ओलीलाई सुंयक्त रूपमा प्रदान गरिएको छ । उपत्यकाबाट लीलप्रसाद चन्दलाई प्रदान गर्ने निर्णय भएको छ ।

त्यस्तै उपत्यकासहित ६ क्षेत्रका दुई÷दुई जना पत्रकारलाई प्रदान गरिने रु १५ हजार राशिको ‘शिक्षा लेखनवृत्ति–२०७२’ बाट विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

महासङ्घ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । उक्त पुरस्कार २०७३ पुस १९ गते मङ्गलबार दिउँसो महासङ्घ केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष कार्यक्रममा वितरण गरिनेछ ।

वि.सं.२०७३ पुस १५ शुक्रवार ०३:४९ मा प्रकाशित

Himalayan Life AD
एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...