back
CTIZAN AD

पाण्डे र श्रेष्ठलाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार

वि.सं.२०७३ पुस १५ शुक्रवार

1K 

shares

१५ पुस, काठमाडौँ । यस वर्षको ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे र कान्तिपुर दैनिकका मकर श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिको सिफारिसमा रु ७५ हजार राशिको उक्त पुरस्कार दुई जनालाई प्रदान गर्ने निर्णय भएको महासङ्घले जनाएको छ ।

यसैगरी बैठकले पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने रु २५ हजार राशिको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पूर्वाञ्चलबाट कोकिला ढकाल र अम्मर खड्का, मध्यमाञ्चलबाट दिवाकर भण्डारी र ध्रुव दङ्गाल, पश्चिमाञ्चलबाट वसन्त गिरी र कृष्ण खनाल, मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी र गिरु भण्डारी, सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट र कृष्ण ओलीलाई सुंयक्त रूपमा प्रदान गरिएको छ । उपत्यकाबाट लीलप्रसाद चन्दलाई प्रदान गर्ने निर्णय भएको छ ।

त्यस्तै उपत्यकासहित ६ क्षेत्रका दुई÷दुई जना पत्रकारलाई प्रदान गरिने रु १५ हजार राशिको ‘शिक्षा लेखनवृत्ति–२०७२’ बाट विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

महासङ्घ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । उक्त पुरस्कार २०७३ पुस १९ गते मङ्गलबार दिउँसो महासङ्घ केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष कार्यक्रममा वितरण गरिनेछ ।

वि.सं.२०७३ पुस १५ शुक्रवार ०३:४९ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...