back
CTIZAN AD

मध्यपहाडी लोकमार्ग ठाउँ ठाउँमा भासियो

वि.सं.२०७७ साउन ७ बुधवार

1K 

shares

७ साउन, बागलुङ । निरन्तर परेको वर्षाका कारण अहिले देशभरको जनजीवन प्रभावित भइरहेको छ । ठाउँ ठाउँमा सडक र पुलमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्गको गलकोट खण्डमा पनि ठाउँ ठाउँमा क्षतिग्रस्त भएको छ । लगातारको वर्षाले लोकमार्गको दुदिलाभाटी खण्डमा सडक भासिने र पहिरो खस्ने क्रम बढेको छ ।

लोकमार्गको  गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख रेणुका काउचा मगर सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकन पछि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले मध्यपहाडी लोकमार्गको दुदिलाभाटी भुङखानीमा झण्डै ४० मिटर, काफलठुटामा झण्डै १० मिटर, जम्दारे घुम्तीमा झण्डै २० मिटर र चौराहमा झण्डै १० मिटर सडक भासिएको जानकारी दिनुभयो । निरन्तर परेको वर्षा सँगै सडक मुनि बाट पहिरो खसेपछि सडक भासिएको हो सडक भासिदा सडक मुनिको बस्ती समेत जोखिममा परेको गैरेको भनाई छ । सडक चिरा चिरा परे पछि नरेठाटी बजेनीका ९ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

सडक सुचारु गर्न नगरपालिकाले आवश्यक पहलकदमी थालेको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिइन् । त्यसको लागि जिल्ला प्रशासन कार्यालय बागलुङ र सडक विभागको कार्यालयमा समन्वय भइरहेको नगर उपप्रमुख काउचाले बताइन् । सडक पूर्ण रुपमा बन्द हुन नदिन गलकोट नगरपालिकाले तत्काल आवश्यक काम सञ्चालन गर्ने नगर उपप्रमुख काउचाको भनाई छ । नगर उपप्रमुख काउचाले भनिन् ‘हामीले सडक र बस्ती दुवैलाई थप क्षति हुन नदिन आवश्यक सावधानी र सुरक्षा सतर्कता अपनाउन हरदम प्रयास गर्ने छौं । भासिएको सडकमा जुनसुकै बेला पहिरो जान सक्ने जोखिम समेत उत्तिकै बढेको छ ।’

अहिले लोकमार्गमा जोखिम मोलेर बागलुङ सदरमुकाम, पोखरा, काठमाडौं, चितवन लगायतका स्थानमा सवारीसाधनहरुले यात्रा गरिरहेका छन् । पानी पर्ने क्रम नरोकिएकोले पहिरो जाने र सडक अवरुद्ध हुने सम्भावना पनि बढेको गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले बताए । अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा नगर्न यात्रु तथा गाडीहरुलाई अनुरोध समेत गरेको गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिरजंग भण्डारीले जानकारी दिनुभयो । सडकको स्थलगत अवलोकनको निम्ति जनप्रतिनिधि, पत्रकार, समाजसेवी र स्थानीयको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ साउन ७ बुधवार १९:३१ मा प्रकाशित

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...