back
CTIZAN AD

ओलीकै संलग्नतामा एमाले पार्टी दर्ता गराइएको र विभाजनकाे खेल खेलिएकाे प्रचण्डको दाबी

वि.सं.२०७७ साउन ९ शुक्रवार

798 

shares

काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीकै सहभागितामा नेकपा एमाले दर्ता भएको दाबी गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्का अध्यक्षले पार्टी दर्ता गराएको र नेकपा संकटमा रहेको खुलाएका हुन् ।

अध्यक्ष प्रचण्डले नेकपा ठिकठाक अवस्थामा नरहेको बताए । “मैंले सार्वजनिक रुपमा पहिला पनि भनेको छु, यहाँ पार्टी संकटमा छ, साँचो कुरा अहिले ठिकठाक छ भनेर मैंले भनें भने त्यो सत्य होइन्, पार्टी संकटमा छ”, अध्यक्ष प्रचण्डले भने, “किनकी हाम्रो पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमालेको नाममा पार्टी दर्ताको प्रक्रिया हाम्रो अर्को अध्यक्षको समेत सक्रियता र पहलमा भएको छ, त्यसकारण यसले संकटलाई व्यक्त गरेकै छ ।”

पार्टी दर्ता गरेर देशभरी कार्यकर्तालाई नाराजुलुसमा उर्तार्ने कोशिस भएको प्रचण्डको भनाई छ । उनले केन्द्रमा पार्टी एकता सुद्धढ गराउने प्रयास भईरहँदा जिल्ला जिल्लामा भने मुर्दावाद र जिन्दावादको नारा लगाउने खेल भएको बताए ।

“यो तपाईंहरुले देखिरहनु भएको छ, सबैले देखेकै कुरा हो, अहिले देशभरी केहि कार्यकर्तालाई नाराजुलुसमा लगाउने कोशिस भएको छ” प्रचण्डले भने, “तपाईंहरुले देख्नुभएकै छ, मुर्दावाद र जिन्दावादका नारा हामी पार्टीमा छलफल गरिरहेका छौं, हामी पार्टीलाई कसरी एकतावद्ध गर्ने, कसरी पार्टीलाई गति दिने हामी केन्द्रित भएर छलफल गर्दैछौं तर देशभरी जुलुस भएको छ ।”

प्रचण्डकाे पुर्णँ भनाइ भिडियाेमा

वि.सं.२०७७ साउन ९ शुक्रवार १५:२५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...