back
CTIZAN AD

एसिड प्रहार गरेको अभियोगमा दुई जना पक्राउ

वि.सं.२०७७ साउन ९ शुक्रवार

867 

shares

९ साउन, काठमाडौं । २२ वर्षीया महिलालाई एसिड प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने रौतहट लक्ष्मीपुर ४ घर भएका ४७ वर्षीय गार्मेन्ट व्यवसायी मोहमद आलम र भारत विहार घर भई काठमाडौं डल्लु बस्ने २३ वर्षीय फैयाज अलाम रहेका छन् ।

पीडित महिला काम गर्ने गार्मेन्टको मालिकले उसको इच्छा अनुसार नचल्दा अर्का कामदार फैयाजलाई प्रयोग गरी एसिड प्रहार गरेको खुल्न आएको छ। पीडीत महिलाको मोहमदको गार्मेन्टमा ३ वर्ष अघिदेखि काम गरिरहेकी दिदिले उनलाई पनि सोही गार्मेन्टमा काम लगाएकओ थिइन। करीब १ महिना काम गर्ने दौरानमा मोहमदसँग चिनजान भएकोमा उनको ईच्छा अनुकूल नचल्दा सोही कुराको बदला लिने उद्देश्यले गार्मेन्टमै काम गर्ने फैयाजलाई प्रयोग गरी एसिड प्रहार गर्न लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वि.सं.२०७७ साउन ९ शुक्रवार १६:१५ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...