back
CTIZAN AD

कविताः फूलको भ्रुण

वि.सं.२०७७ साउन १० शनिवार

1.1K 

shares

कतै घरका खोपामा
कतै रुखका टोड्कामा
कतै बनस्पतिका हाँगामा
पस्दै
निस्कने माहुरी
मसिना पखेटा हल्लाउदै
हुरुरु उडेर आउछन्
शरिर नचाउदै फूलमाथि बस्छन्
उड्छन
उष्ण तातोमा
चमरले हावा हम्किए झै
पखेटा हल्लाउँदै फूलमा सुँढ घुसार्छन
परन्तु
असन्तुष्टिको उच्छवास छोड्दैन फूल
छेउमा उभिएर हेर्दा
कामुक लाग्दैनन् माहुरी
परन्तु मुहुनी लाउन छोड्दैन फूल
सत्य हो
घाम र बादल लुकामारी खेल्दा
फूलहरू झुलिरहेका हुन्छन्
मन्दमन्द हावामा
माहुरीहरू यता उड्छन् उता उड्छन्
जता पुगेपनि
अन्ततः
फूलका पत्रमा नै घोप्टिन्छन्
यस्तै छ प्रकृति
हावा वा माहुरीले पराग खसाएर
गर्भिणी हुन्छे फूल
परन्तु
सुनिदैन फूलका सुस्केरा
देखिदैन फुलका व्यथा
बस !
जति देखिन्छ
फूलले घेरिएका बगैंचामा
फूलका पत्रपत्रमा
घोप्टिएका माहुरीमात्र देखिन्छ
फूल झरेका हाँगाहरूमा
फूलका भ्रुणमात्र देखिन्छ !

वि.सं.२०७७ साउन १० शनिवार ०९:२७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...